माओवादीको खबरदारी सभाको पूर्वसन्ध्यामा टर्च मार्च गर्दै अखिल क्रान्तिकारी

माओवादीको खबरदारी सभाको पूर्वसन्ध्यामा टर्च मार्च गर्दै अखिल क्रान्तिकारी

767

काठमाडौँ । अखिल क्रान्तिकारीले आज टर्च मार्च गर्ने भएको छ ।  प्रदर्शन संगठनको केन्द्रीय कार्यालय बागबजार अगाडिबाट बेलुका ६ बजेबाट सुरु हुने बताइएको  छ ।

नेकपा माओवादी केन्द्रले भ्रष्टाचार र बेथितिका विरुद्ध कार्तिक १० गते काठमाडौँको भृकुटीमण्डपमा खबरदारी सभा गर्ने दिनको पूर्वसन्ध्यामा अनेरास्ववियु क्रान्तिकारीले टर्च मार्च गर्न लागेको हो ।  

अखिल क्रान्तिकारी कयाम्पस जिल्ला, प्राविधिक जिल्ला र ललितपुर जिल्ला समितिले टर्च मार्च प्रदर्शन गर्ने भएका हुन् ।  

तपाईको बिचार