काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि काठमाडौंमा विरोध प्रदर्शन गर्ने भएको छ । पार्टी सभापति रवि लामिछानेलाई प्रतिशोधपूर्ण ढंगबाट पक्राउ गरिएको भन्दै पोखरा केन्द्रित आन्दोलन गर्दै आएको रास्वपाले आज (शुक्रबार)बाट भने काठमाडौंमा प्रदर्शन गर्ने भएको हो ।
आज दिउँसो १ बजे काठमाडौंस्थित माइतीघरमा प्रदर्शन गर्न लागेको रास्वपाले जनाएको छ । बिहीबार पोखरामा पत्रकार सम्मेलन गरेर रास्वपाले अब काठमाडौंमा प्रदर्शन गर्ने जनाएको थियो ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछानेलाई कात्तिक २ गते प्रहरीले रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ परेको थियो । उनी कास्की प्रहरीको हिरासतमा छन् ।
तपाईको बिचार