सत्तारुढ दलको बैठकमा प्रधानमन्त्रीले भने- अध्यादेश ल्याउने कुनै तयारी छैन

सत्तारुढ दलको बैठकमा प्रधानमन्त्रीले भने- अध्यादेश ल्याउने कुनै तयारी छैन

729

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याउने विषयमा कुनै तयारी नरहेको बताएका छन् । आज बालुवाटारमा बसेको सत्तारुढ दलहरुको बैठकमा दल विभाजन सहज हुने अध्यादेशबारे कुरा उठेपछि प्रधानमन्त्री ओलीले त्यस्तो तयारी नभएको स्पष्ट पारेका हुन् ।
बैठकमा राजनीतिक दल सम्बन्धी अध्यादेशको विषयमा चर्चा भएको थियो । प्रधानमन्त्री ओलीले दल विभाजन सहज हुने गरी अध्यादेश ल्याउने तयारी भइरहेको बेला बुधबार बसेको बैठकमा सहभागी नेताहरुले यो विषयमा कुरा चलाएका थिए ।
आजको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखक, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, जनता समाजवादी पार्टीका सहअध्यक्ष रेणुकुमारी यादव, जनता समाजवादी पार्टी नेपालका उपाध्यक्ष राजकिशोर यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र जनमत पार्टीका अध्यक्ष डा सिके राउत लगायतका नेता सहभागी थिए ।

ओलीले नेकपा एकीकृत समाजवादीसहित केही साना दलहरूलाई लक्षित गरेर अध्यादेश ल्याउने प्रयास गरिरहेको छन् । तर, सत्तारुढ दल नेपाली कांग्रेसभित्र सहमति नजुट्दा तत्काललाई रोकिएको बताइन्छ ।

तपाईको बिचार