पशुपति परिसरमा गौशाला धर्मशाला बचाउँ भन्दै हस्ताक्षर अभियान सुरु

पशुपति परिसरमा गौशाला धर्मशाला बचाउँ भन्दै हस्ताक्षर अभियान सुरु

907

काठमाण्डौं पशुपतिनाथ बचाउ महाअभियानको आयोजनामा गौशाला धर्मशाला बचाउँ भन्दै हस्ताक्षर अभियान सुरु भएको छ । गौशाला धर्मशालालाई अनधिकृत रुपमा कब्जा गरिएको भन्दै त्यसका विरुद्ध हस्ताक्षर अभियान सुरु भएको हो  ।

पशुपति क्षेत्र विकास कोषको कार्यालय मूलगेट अगाडि पशुपति क्षेत्र विकास कोषको स्वामित्वमा रहेको गौशाला धर्मशालामा अनधिकृत कब्जा विरुद्ध मङ्गलबारबाट हस्ताक्षर अभियान सुरु गरिएको छ ।

अभियानको पहिलो दिन ५ हजार बढिले हस्ताक्षर गरेको बताईएको छ  । आगामी शनिबार सम्म संचालन गरिने उक्त हस्ताक्षर अभियान अन्तर्गत सङ्कलित हस्ताक्षर राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाउने विश्व हिन्दु युवा सङ्घ अन्तर्राष्ट्रिय समितिका अध्यक्ष सागर थापाले बताए । 

 

तपाईको बिचार