वर्तमान सरकार भ्रष्टाचारीको पक्षमा- प्रचण्ड 

वर्तमान सरकार भ्रष्टाचारीको पक्षमा- प्रचण्ड 

725

काठमाडौं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार भ्रष्टाचारीको पक्षमा भएको आरोप लगाएका छन् ।

बुधबार बिहान पार्टीनिकट नेपाल बुद्धिजीवी संगठनका पदाधिकारीहरूसँगको भेटमा उनले सरकारका गलत रवैया रोक्न र गर्नुपर्ने काममा ध्यान दिन  राष्ट्रपतिलाई भेटेर सरकारका क्रियाकलापको ध्यानाकर्षण गराउने बताए । उनले सरकार सय दिनमा भ्रष्टाचारीको संरक्षणमा मात्रै केन्द्रित रहेको समेत टिप्पणी गरे ।

उनले अब आफ्नो पार्टीले सरकारका गलत क्रियाकलापको विरोधमा सडकबाट समेत आवाज उठाउने तयारी गरेको उल्लेख गरे । अध्यक्ष प्रचण्डले आगामी कात्तिक १० गते पार्टीका बागमती, विशेष र समन्वय प्रदेश समितिको आयोजनामा काठमाडौंमा खबरदारी सभा गर्न थालिएको जानकारी दिए ।

तपाईको बिचार

सम्बन्धित खबर