नमूनादीप युवा क्लबले पुरुष भलिबल तथा डोरी तान प्रतियोगिता गर्दै 

नमूनादीप युवा क्लबले पुरुष भलिबल तथा डोरी तान प्रतियोगिता गर्दै 

1393

काठमाडौं । नमूनादीप युवा क्लबले नमुनादीप कप खुल्ला पालिकास्तरीय पुरुष भलिबल तथा डोरी तान प्रतियोगिता सञ्चालन गर्ने भएको छ ।

शुभ दिपावलीको अवसर पारेर संचाल गर्न लागिएको उक्त प्रतियोगिता लिखु तामाकोशी गाउँपालिका २ सैपु रामेछापमा यही कार्तिक ११ देखि १३ गते सम्म सञ्चालन हुने भएको हो ।

प्रतियोगितामा करिव २० टिम सहभागी हुने अनुमान गरिएको छ । २५ लाख बढीको लागतमा हुन लागेको कार्यक्रममा  भलिबल खेल तर्फको प्रथम पुरस्कार एक लाख एक हजार ५ सय सहित  शिल्ड, मेडल र प्रमाणपत्र रहेको छ भने द्वितीय पुरस्कार ७५ हजार ५ सय नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र साथै तृतीय पुरस्कार ५० हजार ५ सय नगद सहित  शिल्ड मेडल र प्रमाणपत्र हुने आयोजक संस्थाका अध्यक्ष राजन बस्नेतले बताए ।

डोरी तान प्रतियोगिता अन्तर्गतका विजेतालाई २० हजार र उप विजेतालाई १० हजार नगद सहित शिल्ड मेडल र प्रमाणपत्र वितरण गरिने कोषाध्यक्ष सुजन घिमिरेले बताए ।

कार्यक्रमको अवसरमा निशुल्क स्वास्थ्य शिविर र सांस्कृतिक कार्यक्रम समेत संयोजन गरिएको बताईएको छ । कार्यक्रमको उद्‌घाटन ऊर्जा, जलस्रोत तथा सिन्चाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ ( कान्छाराम ) ले गर्ने बताइएको छ । 

तपाईको बिचार