भ्रष्टाचारीलाई बचाउन एमाले कांग्रेसको समीकरण बनेको हो- प्रचण्ड

भ्रष्टाचारीलाई बचाउन एमाले कांग्रेसको समीकरण बनेको हो- प्रचण्ड

639

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बर्तमान सरकार भ्रष्टाचारीलाई बचाउन एमाले कांग्रेस सम्मिलित नयाँ समीकरण बनेको आरोप लगाएका छन् ।

माओवादी पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सरकार भ्रष्ट र आफ्नालाई बचाउने र प्रतिद्धन्द्धीलाई हान्ने खेलमा लागेको बताएका हुन् । उनले अव सरकारका गलत कार्यको भण्डाफोर गर्दै लैजानुपर्नेमा जोड दिए ।

उनले भने, ‘हामीले के माओवादी, के कांग्रेस, के एमाले कुनै दल नहेरेर गल्ती गरेको छ भने सबैलाई कानुनबमोजिम ल्याउनुपर्छ भनेर लाग्यौं । तर अहिलेको सरकार कांग्रेस र एमालेका नेताले गल्ती गरेको छ्याङ्गै देख्दा पनि बचाउनतिर लाग्यो । आफ्नो राजनीतिक प्रतिद्वन्द्वी देखेपछि खोजीखोजी हान्नथालेको छ ।’

तपाईको बिचार

सम्बन्धित खबर