गण्डकी प्रदेश सरकारको वनमन्त्रीमा पौडेल नियुक्त

गण्डकी प्रदेश सरकारको वनमन्त्रीमा पौडेल नियुक्त

735

काठमाण्डौं । गण्डकी प्रदेश सरकारको वन तथा वातावरण मन्त्रीमा भेषबहादुर पौडेल नियुक्त भएका छन् ।
स्वतन्त्र सांसद दीपक मनाङेले प्रदेश सरकारप्रति असन्तुष्ट जनाउँदै केही दिनअघि मन्त्री पदबाट राजीनामा दिएपछि खालि रहेको मन्त्रालयमा पौडेल नियुक्त भएका हुन् ।

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लमजुङका प्रदेशसभा सदस्य कांग्रेस सांसद पौडेललाई आज वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएका हुन् । मन्त्री पौडेलले आजै अपरान्ह ४ बजे सपथ लिने कार्यक्रम तय भएको छ ।

तपाईको बिचार