कञ्चनपुर। नेकपा ( एकीकृत समाजवादी ) का अध्यक्ष माधवकुमार नेपालले देशको राजनीतिक मौसम जस्तै अदलबदल भइरहेको बताएका छन् ।
शनिबार कञ्चनपुरको बेदकोट नगरपालिका ८ गैलनदी बैजनाथ माध्यामिक विद्यालयको प्राङ्गणमा नेपाल बुद्धिचाल महासंघ, काठमाण्डौँ स्पोर्ट्स एकेडेमी र बेदकोट नगरपालिका ८ नम्बर वडाको संयुक्त आयोजनामा शुरु भएको बुद्धिचाल प्रतियोगिताको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले देशको राजनीति पनि मौसम जस्तै भएको बताए ।
‘बिहानको मौसम हेर्यो , घाम लाग्ला जस्तो हुन्छ, पानी पर्ला जस्तो भए चर्को काम लाग्छ, ‘उनले भने, ‘नेपालको राजनीतिक पनि त्यस्तै छ, अब यो होला, भन्यो, त्यो टिक्दैन, अर्को त जाला एक बर्ष भन्यो, जाँदैन, टिक्का कि क्याहो, पाँच वर्ष भन्यो, टिक्दैन, मौसम परिर्वतन जस्तै देशको राजनीतिक परिर्वतन भइरहेको , त्यसको असर देशमा परिरहेको छ।’
अध्यक्ष नेपालले सबैले जनताले चाहे अनुरूप विकास भन्ने भएपनि राजनीतिक अस्थिरताले विकासमा प्रभाव पारेको बताए ।
नेपालले विचार गरेर मात्रै बोल्नुपर्ने, काम गर्नुपर्ने सरकारलाई ईङगित गरेका थिए । नेपालले उपलब्ध स्रोत साधनको सदुपयोग गर्दै धार्मिक पर्यटन वृद्धि विकासबाट अर्थतन्त्र बलियो बनाएर सम्बृद्धिमा जोडदिनु भएको छ। उहाँले खेलकुद क्षेत्रको बृद्धि विकासका लागि तीनै सकरार गम्भिर हुनुपर्नेमा उनको जोड थियो ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य तथा नेपाल सरकारका पूर्व मन्त्री माननीय एन पि साउद, प्रतिनिधि सभा सदस्य तथा नेपाल सरकारका पूर्व मन्त्री भानुभक्त जोशी, प्रतिनिधि सभा सदस्य तथा नेपाल सरकारका पूर्व मन्त्री शेर बहादुर कुँवर, सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री दिर्घ सोडारी र पूर्व उपसभामुख भोजराज जोशी, नेपाल बुद्धिचाल संघका उपाध्यक्ष धिरेन बोगटी लगायतको उपस्थिति थियो ।
राष्ट्रिय बुद्धिचाल संघ नेपालका अध्यक्ष तथा काठमाडौं स्पोर्टस एकेडेमीका अध्यक्ष नारायण दास गमालको संयोजकत्वमा संचालन गरिने प्रतियोगिताको सभापतित्व वेदकोट न।पा। ८ का वडाध्यक्ष महेश राज जोशीले गरेका थिए ।
स्विस लिग प्रणालीमा ५ दिन सम्म सञ्चालन हुने प्रतियोगितामा ७१ जनाको सहभागिता छ । प्रतियोगितामा राष्ट्रिय च्याम्पियन राजन सुवेदी, पूर्व राष्ट्रिय च्याम्पियन रुपेश जैसवाल, नबिन तण्डुकार महिला च्याम्पियन सिन्दिरा जोशीको पनि सहभागिता रहेको छ ।
प्रतियोगितामा हंगेरी ओल्मपियाड टोलीका सम्पूर्ण १० सदस्य, अघिल्लो संस्करणको नेशनल र्यापिड च्याम्पियनशिपका विजेला ३ खेलाडी, १ जना शिर्ष महिला र हालका उच्चतम फिडे रेटिङ भएका १ १ जना खेलाडीहरूलाई दर्ता तथा सुविधा सम्पन्न होटलमा खान र बस्ने सुविधा निस्शुल्क गरिएको जानकारी गमालले दिएका छन्।
व्यवसायिक खेलकुदको अवधारणालाई देशव्यापी रुपमा स्थापना गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगिता मार्फत प्रतिवान एवं सक्षम खेलाडी उत्पादन गरी समृद्ध समाजको परिकल्पनालाई साकार पार्ने र खेलकुद मार्फत राष्ट्रिय सद्भाव अभिवृद्धि गरी आपसी भाईचाराको सम्बन्धलाई अझै कसिलो बनाउदै समाजवादको लक्ष्य तर्फ अघि बढ्न सकिनेछ।
प्रतियोगितामा प्रथम हुनेलाई ६० हजार सहित २५ जना पुरस्कृत हुनेछन् त्यस्तै दोस्रो राष्ट्रिय र्यापिड च्याम्पियनशिपमा प्रथम हुनेलाई ३० हजार सहित २० जना पुरस्कृत हुनेछन् भने प्रथम राष्ट्रिय ब्लिट्ज बुद्धिचाल प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार सहित २० जना पुरस्कृत हुने बताईएको छ ।
तपाईको बिचार