सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड

701

काठमाडौं । नेपाली बजारमा आज ९सोमबार० सुनचाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज सुन ६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ६५ हजार ६ रुपैयाँ पुगेको छ ।

यो मूल्य आलसम्मकै सर्वाधिक महंगो हो । यसअघि आइतबार सुन प्रतितोला १ लाख ६५ हजारमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । यस दिन चाँदी प्रतितोला २ हजार ९५ रुपैयाँ पुगेको छ । चाँदीको यो मूल्य अहिलेसम्मकै उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला २०७५ रुपैयाँ थियो ।

 

तपाईको बिचार