रविलाई पोखराबाट वुटवल लैजाने संभावना !

रविलाई पोखराबाट वुटवल लैजाने संभावना !

789

काठमाडौ । शुक्रबार बेलुका आफ्नै पार्टी कार्यालयबाट पक्रेर पोखरा पुर्याईएका रास्वपा सभापति रवि लामिछानेलाई फेरी बुटवल लैजाने संभावना बढेको छ ।

सहकारी ठगी र संगठित अपराधमा समातिएर कास्की जिल्ला अदालतबाट ६ दिन म्याद थपिएर थुनामा रहेका लामिछानेलाई इलाका प्रहरी कार्यालय बुटवल लैजाने संभावना बढेको हो ।

अदालतमा थुनछेक बहस सकिएपछि उनलाई बुटवलबाट चितवन हुँदै काठमाडौंसम्म लिएर जाने संभावना पनि रहेको प्रहरी स्रोतले बताएको छ ।

उनी प्रबन्ध निर्देशक हुँदा गोर्खा मिडियामा ६५ करोडभन्दा बढी रुपैयाँ पोखराको सूर्यदर्शन,काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको सहारा र बुटवलको सुप्रिमबाट ल्याएर खर्च गरिएको थियो । सोही कारण उनलाई उक्त स्थानमा लैजान सक्ने आंकलन प्रहरीले गरेको छ ।

तपाईको बिचार