जागरण नेपाल र टेवाले गर्यो ३ सय बढि बाढी प्रभावितलाई सिरक वितरण

जागरण नेपाल र टेवाले गर्यो ३ सय बढि बाढी प्रभावितलाई सिरक वितरण

1004

काठमाण्डौ । जागरण नेपाल र टेवा नामक सामाजिक संस्थाले ३ सय वढी  बाढी प्रभावित परिवारलाई फाइबरको सिरक वितरण गरेको छ ।

गत असोज ११ र १२ गते आएको बाढीले काठमाण्डौ वडा नंं ११ स्थित वाग्मती नदी  किनारा वंशिघाट वस्ती ( सुकुम्वासिक्षेत्रमा ) स्थित वस्तीमा पुर्याएको क्षतिबाट पीडित परिवारलाई उक्त राहत सामाग्री वितरण गरिएको हो ।

शनिबार क्षति ग्रस्त क्षेत्रहरूमा पुगेर जागरण नेपालले अध्ययन अवलोकन समेत गरेको थियो । अध्ययनले उक्त बस्तीमा पहिलो तलामा बस्ने तथा सामान्य घर भएका सबै घरहरूमा बाढी पसेर सबै सामाग्रीहरू  खास गरी लत्ता कपडा खाद्यान्न लगायत सबै उपभोग्य सामाग्रीहरू काम नलाग्ने गरी नष्ट भएको कुनै पनि सामाग्री झिक्न नपाएको अवस्था थियो ।

विभिन्न संघ संस्था र सहयोगी निकायहरूले  खाद्यान्न सामाग्री उपलब्ध हराएपनि ओड्ने ओछयाउने जस्ता कुराको अभाव रहेको महसुस गरी उक्त सामाग्री वितरण गरेको जागरण नेपालका संस्थापक अध्यक्ष तथा सामाजिक अभियन्ता शर्मिला कार्कीले बताइन् ।

महिला बालबालिकाका क्षेत्रमा लामो समयदेखि  काम गर्दै आएको सामाजिक संस्था जागरण नेपालले टेवा नेपालको सहयोगमा गरेको सहयोगले खासगरी सुत्केरी महिला, ज्येष्ठ नागरिक ,एकल महिला, बालबालिका र सरोकारबालालाई थप टेवा पुगेको बताईएको छ ।  उत्त सहयोग स्थानीय समाजसेवी उपभोक्ता समुहहरूको उपस्थितिमा गरिएको थियो  ।

तपाईको बिचार

सम्बन्धित खबर