रविको पक्ष र विपक्षमा छुट्टा छुट्टै प्रदर्शन, समर्थक र सहकारी पीडित आमनेसामने

रविको पक्ष र विपक्षमा छुट्टा छुट्टै प्रदर्शन, समर्थक र सहकारी पीडित आमनेसामने

657

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थक र सहकारी पीडित आमनेसामने भएपछि पोखराको स्थिति तनावग्रस्त भएको छ ।

रास्वपा सभापति रवि लामिछाने पक्राउको विरोधमा पोखरामा सो पार्टीका नेता कार्यकर्ताले आइतबार पनि प्रदर्शन गरेका छन् भने अर्कोतिर सहकारी पीडितहरुले समेत पोखरामै आन्दोलन गरिरहेका छन् ।

रास्वपाका समर्थक बिहानैदेखि सहिद चोकमा भेला भएर रविको समर्थनमा प्रदर्शन गरिरहेका छन् भने सहिद चोक नजिकै सहकारी पीडितको आन्दोलन हुने भएको छ ।

एक पक्षले रवि पक्राउको विरोधमा प्रदर्शन गर्ने र अर्कोतर्फ सहकारी पीडितले रविलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेपछि तनावको अवस्था सिर्जना भएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर