अर्थतन्त्रमा भइरहेको सुधारलाई उपेक्षा गरेर आलोचनाका लागि आलोचना गर्नु उचित कुरा होइन- महासचिव पोखरेल

अर्थतन्त्रमा भइरहेको सुधारलाई उपेक्षा गरेर आलोचनाका लागि आलोचना गर्नु उचित कुरा होइन- महासचिव पोखरेल

873

काठमाण्डौं नेकपा एमालेका महासचिव शंकर पोखरेलले अर्थतन्त्रमा भइरहेको सुधारलाई उपेक्षा गरेर आलोचनाका लागि आलोचना गर्नु उचित कुरा नभएको बताएका छन् ।  

उनले सामाजिक संजाल फेसबुकमा  भनेका छन् नेकपा (एमाले) को नेतृत्वमा एमाले र नेपाली कांग्रेस सम्मिलित नयाँ सरकार गठन भएपछि गत वर्षको तुलनामा राजश्वमा उल्लेख्य वृद्धि भएको छ ।

 महासचिव पोखरेलले पूँजीगत खर्चमा त गतवर्षको तुलनामा असाधारण वृद्धि भएको भन्दै तर केही संचार माध्यममा आन्तरिक ऋणमा वृद्धि भनेर अर्थतन्त्रमा भएको सुधारलाई ओझेलमा पार्ने चेष्टा भएको बताएका छन्  ।

संचार माद्यमहरुमा ओली प्रधानमन्त्री भएको ३ महीनामा ८९ अर्ब सार्वजनिक ऋण बढेको भन्ने समाचार प्रकाशन प्रसारण भएसँगै उनले  वैंकमा तरलता वृद्धि भएर संकट उत्पन्न हुने अवस्थामा राष्ट्र वैंकले तरलता खिच्नुपर्ने अवस्थामा आन्तरिक ऋण परिचालन गर्नु अर्थतन्त्रलाई चलायमान बनाउने वाटो हो भन्ने कुरा बुझ्न सक्नु पर्ने भनेका छन् ।  

त्यसमाथि गएको वर्ष भएको कामको भुक्तानी समेत राज्यले नदिएको अवस्थामा वक्यौता भुक्तानी दिने कार्य राज्यको अनिवार्य दायित्वको विषय हो । त्यसका लागि राज्यले अतिरिक्त श्रोतको व्यवस्था गर्नु पर्दथ्यो । तसर्थ अर्थतन्त्रमा भइरहेको सुधारलाई उपेक्षा गरेर आलोचनाका लागि आलोचना गर्नु उचित कुरा होइन । वरु मुलुकलाई आर्थिक संकटवाट छिटो मुक्त गर्न थप सुधारका लागि दवाव देऔं र प्रोत्साहन गरौं

तपाईको बिचार