मकवानपुरमा आफ्नै श्रीमानको संलग्नतामा ५० वर्षीया महिलामाथि सामूहिक बलात्कार

मकवानपुरमा आफ्नै श्रीमानको संलग्नतामा ५० वर्षीया महिलामाथि सामूहिक बलात्कार

641

काठमाडौं । आफ्नै श्रीमानको संलग्नतामा मकवानपुरमा एक महिलामाथि सामूहिक बलात्कार भएको छ । मकवानपुरको मनहरी गाउँपालिका-५ की ५० वर्षीया महिलामाथि सामूहिक बलात्कार भएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार ३० असोजमा ती महिलालाई आफ्नै ६० वर्षीय श्रीमान र अन्य १९ र २० वर्षका दुई किशोरले घरमै सामूहिक बलात्कार गरेका हुन् ।

ती महिलाले आफ्नै श्रीमानले अन्य दुईजना युवकलाई सहभागी गराएर आफूमाथि बलात्कार गरेको भन्दै १ कात्तिक जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएकी छन् ।

उनको जाहेरीका आधारमा श्रीमान पक्राउ परेका छन् । मकवानपुरका प्रहरी प्रवक्ता नायव उपरीक्षक श्यामु अर्यालले उनका श्रीमानलाई पक्राउ गरिएको र अन्य आरोपित दुई युवा फरार रहेको जानकारी दिए ।

पीडित महिलालाई अहिले सेफ हाउसमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर