काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहकारीको बचत ठगी तथा संगठित अपराधको अभियोगमा कास्की प्रहरीको हिरासतमा रहेका पार्टी सभापति रवि लामिछानेको रिहाइका लागि दबाब दिन ७७ वटै जिल्लाका नेता कार्यकर्तालाई पोखरामा केन्द्रित हुन निर्देशन दिएको छ ।
पार्टी केन्द्रीय सचिवालयले शनिबार साँझ निर्देशन पठाउँदै रास्वपाले प्रत्येक जिल्लाबाट सय सय जना नेता कार्यकर्ता पोखरा उतार्न आन्तरिक निर्देशन दिएको छ । पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले सातै प्रदेशका महामन्त्रीहरूलाई त्यस्तो निर्देशन दिएका हुन् ।
लामिछानेलाई संगठित अपराध र सहकारी ठगी कसुरमा पुर्पक्षमा पठाउने सम्भावना रहेकाले आन्दोलनको दबाबबाटै त्यहाँसम्म पुग्न नदिने रास्वपाको योजना छ । त्यसका लागि पार्टीका उपसभापति द्वय स्वर्णिम वाग्ले र डिपी अर्याललाई पोखरा केन्द्रित गरेको छ ।
तपाईको बिचार