राजनैतिक दलको आवरणमा लामीछानेले भ्रष्टाचारलाई ढाकछोप गर्न खोजे-रामहरि खतिवडा 

राजनैतिक दलको आवरणमा लामीछानेले भ्रष्टाचारलाई ढाकछोप गर्न खोजे-रामहरि खतिवडा 

1047

काठमाण्डौं  । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले रवि लामिछानेले राजनीतिक आडमा बच्न खोज्ने काम गर्नु गलत भएको बताएका छन् ।

राजधानी प्रेससँगको कुराकानीमा प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति समेत रहेका नेता खतिवडाले नयाँ जोगीले धेरै खरानी धस्छ भनेझैँ लामिछानेले राजनैतिक दलको आवरणमा भ्रष्टाचारलाई ढाकछोप गर्न खोजेको आरोप लगाए ।

केही समय अघि गृहमन्त्री भएको समयमा लामिछानेले  भ्रष्टाचारका फायल खोल्न र जेल हाल्न सहयोग गर्ने प्रतिवद्धता जनाएपनि आफ्नै हस्ताक्षरले आफैंलाई अफ्ठ्यारोमा पारेको खतिवडाको तर्क थियो ।

उनले नयाँ दलका नाममा गलत गर्ने र राजनीतिक दलको आडमा बच्न खोज्नु झन ठूलो अपराध भएको भन्दै कानूनलाई सबैले मान्नुपर्ने उनको भनाइ थियो ।   प्रतिपक्षी दलहरूले सत्ता पक्षले लामिछानेलाई फसाएको तर्क गरिरहेको सन्दर्भमा खतिवडाले भने जबर्जस्ती कसैले कसैलाई फसाउँदैन   फसाउने होइन आउँदै गरेकालाई बरु ग्रुम अप गर्ने हो उनलाई फसाएर कसले के पाउनु छ र ? भन्ने तर्क गरेका थिए ।
उहाँलाई अप्ठ्यारो परे हामीले नै सहयोग गर्ने हो तर सबै विकृति दलका नाममा गरेर छुट नहुने उनको तर्क थियो  ।

उनी त आफै गृहमन्त्री समेत बनिसकेको व्यक्ति हो कोही गलत भए  फयल खोल्नु पर्यो गल्ति छन् देखाई दिनु पर्यो । गल्ति देखाउनु पर्यो
उनी त कानुनको फन्दामा परेका हुन् खतिवडाले भने । गलत गर्ने अनि राजनीतिक नाममा गरेका सबै खाले विकृति माफी मिनाहा हुन्छन् भन्नु बुझ्नु र सोच्नु गलत हो ।

यस अघि पनि विभिन्न दलका शीर्ष नेताहरु नै कानूनको फन्दामा परेर कानूनी कारवाही व्यहोरेको र भोगिरहेका यस्ता थुप्रै उदाहरण अरु पनि भएको र कानूनको सर्बोच्चतालाई सबैले मान्नुपर्छ खतिवडाको भनाई छ ।

तपाईको बिचार