विपक्षी दलको आरोप- ‘सरकार अध्यादेश ल्याएर पार्टी फुटाउनतिर लाग्यो’

विपक्षी दलको आरोप- ‘सरकार अध्यादेश ल्याएर पार्टी फुटाउनतिर लाग्यो’

703

काठमाडौं । विपक्षी दलले सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर पार्टी फुटाउने दिशामा लागिपरेको आरोप लगाएका छन् ।
शुक्रबार नयाँ बानेश्वरस्थित संसद भवनमा बसेको विपक्षी दलको बैठकमा सरकार अध्यादेश ल्याएर पार्टीहरु फुटाउने दिशामा अग्रसर भएको देखिएकाले त्यसको प्रतिवाद गर्ने निष्कर्ष निकालिएको आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले बताए ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली नेृतत्वको सरकारको रवैया ठीक नभएकाले विपक्षी चुप लागेर बस्न नहुने धारणा राखेका थिए ।

यस्तै विपक्षीलाई तर्साउने र फुटाउने नीतिमा सरकार देखिएकाले यसविरुद्ध एकजुट भएर अघि बढ्नेबारे समझदारी बनेको समेत साहले बताए ।

तपाईको बिचार