बोधराज पौडेल
मेरो स्वर्ण हिमालमा हिम छ वा पग्लेर पानी भयो
वा थुप्री कणसार एक गतिलो अग्लेर जाने भयो
थोपा तप्प चुहेर शान्त बहदै झर्दै तराई तिर
बोकी हिँड्छ सवैद भाव भयको झुक्ला उठेको शिर ।।१।।
खुट्टाका पदचापले हरघडी कुल्चेर त्यागे पनि
थामी बस्नु छ भार नित्य रितले अध्यात्म ज्ञानी बनि
देवादी तप ध्यानले बसगरी ब्रम्हाण्ड सारा जग
आफैं खिच्न सकिन्छ के तपविना संसारको वैभव ।।२।।
चाँदी तुल्य बनेर टल्किरहने टेको धराको बनी
सारा विश्व छ शान्त मोह पथमा तृप्ती मजाको छ नि
आए हेर्न विदेशबाट जनता नेपाल प्यारो छ रे
को को पुग्नु भयो त बेस नजिकै गाह्रो छ गाह्रो अरे ।।३।।
मोती वा सुनका जुहारत कतै खोजेर के ल्याउनु
चाहिन्छन् यदि यी सबै चिजभने नेपालमा आउनु
आफ्नो आत भिजाउने र मनको मेटौँ छ तिर्खा भने
मेरै आँगनमा छ अमृत घटा आऊ अघाऊ पनि ।।४।।
खोला भेट्न सकौँ पवित्र जलको जस्तो म आफैं बनौँ
तिर्खा भेट्न सकौँ कि वा असलले प्यासीहरूको भनौँ
सेतो चक्र उता नजिकको झिल्को उठेको झन्
आफैं ज्वल्य छ मान थप्न नहुने देखी उठेको तन ।। ५ ।।
तपाईको बिचार