मीनबहादुरले स्वेच्छाले जग्गा दान दिएको एमालेको प्रष्टीकरण

मीनबहादुरले स्वेच्छाले जग्गा दान दिएको एमालेको प्रष्टीकरण

689

काठमाडौं । नेकपा एमालेले व्यवसायी मीनबहादुर गुरुङले आफ्नै इच्छाले पार्टी कार्यालय बनाउनको लागि जग्गा दान दिएको प्रष्टीकरण दिएको छ।

भाटभटेनीका सञ्चालक समेत रहेका गुरुङले दान गरेको १० रोपनी १४ आना जग्गामा पार्टी कार्यालयको सिलान्यास भएपछि एमालेले प्रष्टीकरण दिएको हो।

एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले एमालेको केन्द्रीय कार्यालय भवन निर्माणको विषयलाई लिएर पार्टी भित्र र बाहिर अनेकखालका भ्रम, अफवाह फैलाउने, गलत सूचना प्रवाह गरी मिडियालाई दुरुपयोग गरी पार्टी, पार्टी नेतृत्वका विरुद्ध विष वमन गर्ने काम भइरहेको बताए ।

एकजना दानवीर मीनबहादुर गुरुङ र सावित्री गुरुङले बाढी, लेदोले क्षतविक्षत भएको नेकपा (एमाल) को केन्द्रीय कार्यालयको दुरावस्थादेखि नयाँ कार्यालय भवन निर्माणका लागि १० रोपनी १४ आना जग्गा प्रदान गर्नु भएको हो। यसमा कुनै किसिमको लेनादेना छैन, स्वेच्छाले जग्गा दान गर्नुभयो, एमालेले ग्रहण गर्‍यो। तथ्य नबुझी बदनाम नगरौँ।’ गौतमले भनेका छन् ।

‘यसमा पार्टी सदस्य र मतदाताहरूको अपमान हुने पार्टीले त्यस्तो के काम गर्‍यो। सस्तो लोकप्रियताका लागि, मिडिया कन्जम्सन, पब्लिक कन्जम्सनका लागि फगत पेपर वार नगरौँ, सोसल मिडियाको दुरुपयोग नगरौँ।’ गौतमले थपे  ।

तपाईको बिचार

सम्बन्धित खबर