कस्तो छ दशैँको ३ दिनको मौसम पूर्वअनुमान

कस्तो छ दशैँको ३ दिनको मौसम पूर्वअनुमान

749

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान गरेको छ ।

बडादशैंको सप्तमी असोज २४ गते, अष्टमी र नवमी २५ गते , र दशमी २६ गते का दिनहरूमा कोशी प्रदेश र मधेश प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार बडा दशैंको तीन दिन कोशी प्रदेश र मधेश प्रदेशका थोरै स्थानहरूमा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जनरचटयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहने तथा बाँकी भू९भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।

साथै उक्त दिनहरूमा अधिकांश स्थानहरूमा अधिकतम तथा न्युनतम तापक्रम सरदर भन्दा थोरै घट्ने सम्भावना रहेको महाशाखाले जारी गरेको दशैं विशेष बुलेटिनमा उल्लेख छ ।

यस वर्ष देशैभरबाट मौसम अझै नबाहिरिसकेकोले सर्वसाधरणलाई दशै‌ंभरि मौसम कस्तो होला भन्ने जिज्ञासा रहेको थियो ।

तपाईको बिचार