दशैँ आयो तर उमङ्ग आएन

दशैँ आयो तर उमङ्ग आएन

1003

राजेन्द्र कुँवर

हिन्दु नेपालीहरुको हर्ष उल्लासको पर्व विजया दशैँ नेपालीहरूको घर आगनमा टुप्लुक्क आइ पुग्दा पनि धरमराउदो आर्थिक सङ्कटका कारण खासै उमङ्ग छाएको छैन गाउँ देखि शहर सम्म दशैँमा । दशैँ र तिहारको मुखैमा आएको अविरल वर्षाका कारणले भएको बाढी पहिरोले ज्यान गुमाएका धेरै जस्तो बस्ती शोक मग्न भएका छन । हजारौंको सङ्ख्यामा घरबार बिहिन भएर बसेका छन पाक्दै गरेको अन्न वाली नष्ट भएको छ अन्यलाई आर्थिक संकटले पिरोली रहेको अवस्थामा यस पाली दशैमा खासै उमंग आएको देखिएको छैन ।

सडकमा हिड्ने बटुवा देखि चिल्लो गाडीमा शयर गर्नेहरूको एउटै समस्या छ यसपालिको दशै कसरी मनाउने होला भनेर उनीहरुको जो कसै सँग टेलिफोन सम्बाद हुँदा मेरो दशै त खासै राम्रो होला जस्तो छैन अनि तपाईंको के छ भनेर सोधपुछ गर्दा मेरो झन चौपट पारेको छ भनेर जवाफ आउँछ । नदि खोला नालामा गिट्टी कुट्ने दैनिक ज्याला मजदुरी काम गर्ने देखि लिएर कार्यालय ब्यापार व्यवसायमा काम गर्ने मजदुरको पीडा पनि यस पटक उस्तै देखिन्छ कहीँ कतै बाट पैसा नै आएको छैन अहिलेसम्मै आफू र बालबालिकालाई किनमेल नै गर्न सकिएको छैन । आर्थिक मन्दीका कारणले गर्दा यस पालिको दशैँको पीडा सबैको समान देखिन्छ ।

कर्मचारी देखि व्यापारी ,नेता देखि पत्रकार समाजमा रहेका हरेक प्रतिष्ठित नागरिकहरूलाई यो आर्थिक मन्दीले निकै नै प्रभावित पारेको छ ,त्यसैले गर्दा यो वर्षको दशैले सोचे जस्तो हर्ष उमंग ल्याउन सकेको छैन । दशै तिहारको अवसरमा विभिन्न प्रतिष्ठित व्यापारी संघ संगठ्न पसलहरुले भारी छुट दिएको सूचना जारी गरे पनि किनमेल गर्नेहरुको घुइचो छैन । दशैको अवसरमा शहर देखि गाउघर सम्म मासु खान र वलि दिनका लागी रागो , खस्सी, बोका,च्याग्रा,कुखुरा ,र हासाको किनमेलमा पनि आर्थिक अभावले गर्दा निकै कमि देखिएको छ ।

मनोरञ्जनको क्षेत्रमा केही दोहोरी साझ ,क्लबले आफ्ना ग्रहाकको लागि भनेर अफर दिदा समेत भने जस्तो व्यापार भएको नदेखेर निराश छन । सबैको एउटै गुनासो छ दशै तिहार आयो उमंग आएन । दशै आयो खाउला, पिउला कहाँ बाट ल्याउला ,चोरी ल्याउला ,यो कथा नसुनेको पनि धेरै भयो बाल्यकालमा गुरु घरमा बुवा आमाले दशैको आगमन संगै दशै संग सम्बन्धित कथा गित सुनाएर मनोरञ्जन दिनका साथै आफ्नो हैसियत अनुसारको दशै मनाउनका लागि उत्प्रेरित गरि रहन्थे ।

दशैको अवसरमा गाउँ बस्तीमा पिङ्ग हाल्ने घर सरसफाइ गर्ने रातो सेतो माटोले पोत्ने , विद्यार्थी संगठन युवा,बाल क्लबले गोरेटो बाटो पार्टी, पौवा र पटकानी सरसफाइ गर्ने जनचेतनामूलक नाटक संस्कृति कार्यक्रम गरेर मनोरञ्जन दिनका लागि निकै कडा मेहनत गर्थे ।अहिले यस्ता कामहरू सबै कथा बन्न थालेका छन । दशै तिहार राष्ट्रिय पर्वका रूपमा मनाउने गरे पनि कसैको लहै लहैमा लागेर अनावश्यक ऋणदान गरेर मनाउनु भन्दा पनि आ आफ्नो आर्थिक हैसियत अनुसार मात्रै चाडपर्व मनाएर रमाउनु पर्छ भनेर अग्रज गुरु अभिभावकले हामीलाई बाल्यकालमा कथा,कविता र गीत मार्फत गाउघरमा सुनाएर निकै रोचकपुर्बक सुनाउने गरेको कुरा पनि अहिले मानसपटलमा ताजा नै छ ।

अहिले गाउँ घरमा भौतिक पुर्बाधारको बिकास छ,सडक छ ,बिधालय खानेपानी छ, गित कथा र कबिता सुनाउने पुस्ता अनुसारका जेष्ठ नागरिक हुनुहुन्छ ,गुरु हुनुहुन्छ तर सुन्ने युवा पुस्ता र बालबालिका छैन । दशै तिहारको बिदाको समयमा पढ्नका लागि शहर पसेका बालबालिकाहरु आन्तरिक पर्यटकका रूपमा गाउमा आउदा जेष्ठ नागरिक गुरुहरु र अभिभावकले भनेका कथा,कबिता र गित सुन्ने फुर्सद छैन उनिहरु त खेलकुदको नाममा कृकेट अनि बाकी समय आफ्नो प्यारो मोबाइलमा बिताउने गरेका छन । पुस्ता हस्तान्तरण भयो त्यसैगरी पुर्खाको सम्पत्ति हस्तान्तरण भयो तर कला संस्कृति र संस्कार हस्तान्तरण गर्न नसकिएकोमा निकै चिन्तित देखिन्छन जेष्ठ नागरिकहरु यस क्षेत्रमा ध्यान जान जरुरी भै सकेको छ ।

बढ्दो बेरोजगारी समस्याले गर्दा युवा पुस्ता देश भित्र र देश बाहिर पलायन भएका छन उनका बालबालिका गुणस्तरीय शिक्षाका नाममा शहर पसेका छन यस पटकको दशैमा घर फर्किने योजना बनाए पनि कहीँ कतै दैबिकप्रकोप बाढिपहिरोका कारणले जान सकेका छैन कोहि आर्थिक अभावका कारणले जान सकि रहेका छैन त्यसैले गर्दा यस पाली दशै आयो उमंग आएन । गत बर्ष झै नेपाली संगतिक बजारमा सर्जक कलाकारहरूले दशै तिहारलाइ मध्यनजर राखेर गितको माध्यम बाट उत्साह ल्याउन खोजे पनि नेपाली अर्थतन्त्रका कारण आम नागरिकमा त्यसको कुनै प्रभाव परेको छैन ।

ओरालो लागेको हाम्रो अर्थतन्त्रलाई माथि उठाउनका लागि दृढ संकल्पित इच्छाशक्ति भएको नेतृत्वले मात्रै यो संकटको पार लगाउने सके मात्रै हाम्रो धरोहरको रूपमा रहेको दशै तिहारलाइ आर्थिक हैसियत अनुसारको सबैले मनाउन पाउने बाताबरण सृजना गर्न तर्फ आज बाट ध्यान जान जरुरी छ । विजया दशैको सबैलाई शुभकामना । अस्तु

तपाईको बिचार