काठमाण्डौं । खोजी मौलिकताको अभियान समृद्धिको भन्ने नाराका साथ नेपाली उत्पादनलाई स्वदेशी तथा विदेशी बजारमा लैजाने उद्देश्यले स्थापित गोरक्ष हाटबजारको, उद्घाटन हुने भएको छ ।
दिउँसो १. ३० बजे बजारको विधिवत रुपमा उद्घाटन हुने बताईएको छ । विश्व हिन्दु युवा संघको पहलमा सुरु भएको हाटबजार भोलि असोज २१ गते सोमबार उद्घाटन हुने बताइएको छ । गोरक्ष हाटबजार, राममन्दिर मार्ग बत्तिसपुतली काठमाण्डौमा केही समय अघिबाट सुरु भएको हो ।
नेपालको आधारभुत तहमा रहि गामघर शहर तराई पहाड हिमालका सबै भूगोल बाट देश र जनता सङ्ग जोडिएका मौलिक उत्पादनहरू ( स्वदेशी उत्पादन ) को बिक्री व्यवस्थापन गर्ने उद्देश्यले स्थापित गोरक्ष प्रा लि. ले काठमाण्डौको गौशालामा सुरु गरेको हाटबजार प्रत्येक शनिबार संचालनमा आएको विश्व हिन्दु युवा संघका अध्यक्ष ऋषिकेशजङ्ग शाहले बताए । उनले स्थानीय उत्पादन र उत्पादकलाई प्रोत्साहन गर्ने उद्देश्यले यो अभियानको सुरु गरिएको बताए ।
तपाईको बिचार