बागमती र लाल बकैया नदीको बाढीले रौतहटमा गरेको क्षतिको निरीक्षण गर्दै पूर्वप्रधानमन्त्री नेपाल 

बागमती र लाल बकैया नदीको बाढीले रौतहटमा गरेको क्षतिको निरीक्षण गर्दै पूर्वप्रधानमन्त्री नेपाल 

1141

रौतहट । पूर्व प्रधानमन्त्री एवम् रौतहट एकका सासद माधव कुमार नेपालले बागमती र लाल बकैया नदिमा आएको बाढीले गरेको क्षतिको निरीक्षण गरेका छन ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष समेत रहेका नेता नेपालले बुधबार दिउँसो  बागमती नदीमा आएको बाढीले बाँध तोडी घर तथा खेती बालिमा पुर्याएको क्षतिको निरीक्षण गरेका छन । पूर्व प्रधानमन्त्री नेपालले सर्व प्रथम गढिमाई नगर पालिकाको वडा नम्बर ३ स्थित लक्ष्मीपुर पुगेका थिए ।

बाँधमा पुगेको क्षति अवलोकन गर्दै अब आफूले गर्नु पर्ने भूमिकाको बारेमा घटना स्थलमै नगर प्रमुख श्याम यादवसँग सुझाब लिएका थिए ।  बाँधमा भएको क्षति तथा खेती बाली हेर्ने क्रममा  नेपाल गढिमाई नगरपालिकाका वडा नम्बर ६ का सिंगारमण र ७ का पकाहा धर्मपुर पुगी स्थानीयले भोगेका समस्या तथा  समाधानका उपाय बारे स्थानीयसँग संवाद गरको नेकपा एकीकृत समाजवादीका नेता रेवन्त झाले बताए ।

 यसैगरी विहीबार बिहान बागमती नदी किनाराको माधवनारायण नगरपालिका  र राजदेवी नगरपालिका तथा दुर्गा भगवती गाउँपालिकामा भएको क्षति तथा स्थानीय पीडितसँग भेटघाट गर्ने कार्यक्रम रहेको नेता झाले बताए ।  विहीबार नै पूर्व प्रधानमन्त्री  नेपाल लाल बकैया नदिको बाढीले पुर्याएको क्षति तथा  राजपुर , परोहा , बौथिमाई , मौलापुर ,देवाही गोनाही र कटहरिया नगर पालिकाका स्थानीय बाढीपीडित जनतासँग भेटघाट गर्ने कार्यक्रम  रहेको उनले बताए ।

 नेपालसँग नेकपा एकीकृत समाजवादीका  केन्द्रीय सदस्य तथा पूर्व सासद सरला यादव, राजदेवी नगरपालिकाका नगरप्रमुख भिखारी यादव, नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष कमल यादव ,गढिमाई नगरपालिका १ का वडा अध्यक्ष रामपुकार यादव, गढिमाई नपा ५ का वडा अध्यक्ष राजिव रंजन यादव, नेता बिरेन्द्र साह सहितका नेता , कार्यकर्ताहरू, जनप्रतिनिधि, स्थानीय जनसमुदाय तथा सञ्चारकर्मीहरू उपस्थिति रहेको थियो ।

तपाईको बिचार

सम्बन्धित खबर