काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवनमा सार्वजनिक सुनवाइ गर्न लागेका छन् । शुक्रबार चितवनको इच्छाकामनास्थित थकाली समाज भवनमा मतदातासँग तेस्रो सार्वजनिक सुनुवाइ गर्ने भएका छन् ।
आफूले गरेका हरेक कामको हिसाबकिताब आफ्ना मतदातालाई बुझाउने परम्पराको निरन्तरतास्वतप चितवन जान लागेको उनले बताएका छन्।
‘सबै मतदातालाई आफ्नो प्रश्न सहित यस कार्यक्रममा उपस्थित हुन अनुरोध गर्दछु। जनसरोकारको विषयमा गरिएको र राज्यरसमाजका सबै सरोकारवाला सहभागी हुने भएकोले यो कार्यक्रममा पार्टीको झन्डा, ब्यानर, लोगो वा पोसाक नलगाइदिनु हुन अनुरोध छ।’
तपाईको बिचार