काठमाडौँ। नेकपा ( एकीकृत समाजवादी ) कोशी प्रदेश कमिटी कार्यालय बैठक सम्पन्न भएको छ । बैठकपछि निर्णयहरू सार्वजनिक गर्दै प्रदेश कमिटी अध्यक्ष तथा केन्द्रीय सचिव बलदेव चौधरीले पार्टीका मातहतका सबै कमिटीलाई उद्धार, राहात पुनर्निर्माण लगायतका काममा तदारुकतासाथ जुट्न आवश्यकता अनुसार स्वयंसेवी टीम निर्माण गरि लाग्न निर्देशन गरेको छ ।
शनिवार पार्टीको कोशी प्रदेश कमिटी कार्यालयको बैठक कमिटी अध्यक्ष तथा केन्द्रीय सचिव कमरेड बलदेव चौधरीको अध्यक्षतामा पार्टी प्रदेश कार्यालय इटहरीमा सम्पन्न भयो।
बैठकले गरेका निर्णयहरू निम्न छन्
१. गत चार दिन देखि भैरहेको अविरल वर्षाका कारण प्रदेश अन्तर्गतका नदी, खोला नालाहरूमा पानीको बहाव बढी जलस्तर अति उच्च बिन्दुमा पुगेको र उक्त बाढी पहिरो तथा डुबानबाट जनधनको नोक्सानी हुनाका साथै घर गोठ, बजार, बाटो, पुल लगायत रणनीतिक महत्वका भौतिक संरचना समेतको हानि नोक्सानि भै कतिपय स्थानमा आवागमन समेत ठप्प हुन पुगेको अत्यन्त दुःखद प्राकृतिक बिपद्का घटनाप्रति यो बैठक दुःख र चिन्ता व्यक्त गर्दै घटनामा परि सम्पूर्ण मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । साथै बिपद्का सम्पूर्ण घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना समेत गर्दछ ।
क. बाढी, पहिरो, डुबानका कारण ज्यान गुमाएका व्यक्तिका परिवारमा अविलम्ब राहत रकम उपलब्ध गराउन, घाइतेहरूको सरकारी खर्चमा तुरुन्त औषधी उपचार गराउन, घरबास बिहिन भएका परिवारलाई तुरुन्त अल्पकालिक खाने बस्ने व्यवस्था गर्न र दीर्घकालीन समाधान खोज्न जोखिमयुक्त स्थानमा रहेका घरपरिवारलाई जोखिम रहित स्थानमा स्थानान्तरण गर्ने काममा लाग्न यो बैठक नेपाल सरकार, कोशी प्रदेश सरकार र सम्बन्धित सबैसँग जोडदार माग गर्दछ ।
ख. त्यसै गरि मुलुक भित्र मनाइने ठूला चाड पर्वहरू सन्निकट रहेका बखत प्राकृतिक विपदद्वारा क्षतिग्रस्त हुनपुगेका रणनीतिक महत्वका सडक तथा पुल लगायतका भौतिक संरचनाको मर्मत सम्भार गरि वा अन्य वैकल्पिक ब्यवस्था गरेर भए पनि तुरुन्त आवागमन सुचारु गर्न यो बैठक नेपाल सरकार लगायत सम्पूर्ण सरोकारवाला निकाय सँग जोडदार माग गर्दछ।
२. दशैँ तिहार छैठ लगायत मुलुक भित्र मनाइने ठूला चाड पर्वको मुखैमा चिनि, तेल, चामल, पिठो, लत्ता९कपडा लगायत अन्य आवश्यक उपभोग्य सामग्रिमा हुने मुल्यवृद्धि, सामान अनुसार कालाबजारी, मिसावट लगायतका अपराधिक कृयाक्लापलाई निरन्तर अनुगमन, नियन्त्रण र नियमन गर्न र त्यसकार्यका अपराधिहरुलाई तुरुन्त पक्राउ गरि सख्त कार्वाहि गर्न यो बैठक जोडदार माग गर्दछ । साथै महानगर९ उपमहानगर९नगरहरुका वडामा र गाउपालिका भित्र पायकपर्ने केन्द्रहरु तोकेर सुपथमूल्य पसल संचालन गर्न पनि नेपाल सरकार तथा कोशी प्रदेश सरक सँग जोडदार माग गर्दछ।
३. बाढी पहिरो डुबान लगायतका हालसालैका प्राकृतिक विपदका घट्नामा परेका परिवारहरुको उद्धार, राहत पुनर्निर्माण लगायतका काममा तदारुक्ताका साथ जुट्न आवश्यकता अनुसार स्वयंसेवी टीम निर्माण गरि लाग्न हाम्रो पार्टीका मातहत सबै कमिटी र कमरेडहरुलाई निर्देशित गरिन्छ।
तपाईको बिचार