काठमाडौं । वामपन्थी शक्तिलाई एकताबद्ध गरी एउटै र बलियो कम्युनिष्ट पार्टी बनाउने लक्ष्यसहित बनेको समाजवादी मोर्चा नेपालले देशका सातै प्रदेशमा राजनीतिक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
मुलुकको समसामयिक राजनीतिक अवस्था र अन्तर्राष्ट्रिय परिवेशमा केन्द्रित रहेर प्रदेश तहमा सभा, सम्मेलन, जनाधिकार, सामाजिक विकास लगायत विषयमा प्रशिक्षण छिट्टै सञ्चालन गर्न लागेको मोर्चाका नेता तथा नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता प्रमेश हमालले जानकारी दिए ।
हमालका अनुसार मोर्चामा आबद्ध पार्टीका शीर्ष नेताहरूले प्रशिक्षण दिने कार्यक्रम तय भएको बताए । मोर्चाले अनौपचारिक रूपमा बामपन्थी शक्ति र समुहहरुसँग छलफल गरिरहेको जनाइएको छ ।

तपाईको बिचार