काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को चालु अधिवेशन अन्त्यको घोषणा गरेका छन् । आज एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलले चालु अधिवेशन अन्त्यको घोषणा गरेका हुन् ।
विज्ञप्तिमा नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संसद्को चालु अधिवेशन अन्त्य गरिएको जनाइएको छ । यसअघि आजको संसद बैठकमा सहकारीको रकम अपचलन सम्बन्धी संसदीय विशेष समितिको प्रतिवेदन पेश गरिएको थियो ।
तपाईको बिचार