झापामा शौचालयबाट एक कैदी फरार

झापामा शौचालयबाट एक कैदी फरार

689

झापा । जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका एक कैदी झापाको भद्रपुरबाट आइतबार फरार भएका छन् । फरार हुनेमा २४ वर्षीय जीवन साह रहेको प्रहरीले जनाएको छ ।

उनी भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पतालबाट आज बिहान उनी फरार भएका हुन् । त्यहाँ उपचाररत साहलाई आज बिहान ३ः४० बजे सोही अस्पतालको शौचालय लगिएकामा शौचालयबाटै उनी फरार भएको प्रहरीको भनाइ छ ।

छातीमा समस्या भएपछि भद्रपुर नगरपालिका-५ घर भएका साहलाई उपचारको लागि अस्पताल लगिएको थियो जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मिलन केसीको कमाण्डमा फरार कैदी साहको खोजी भइरहेको बताइएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर