पूजाको प्रसाद खाँदा झापाको अर्जुनधारामा ६० बढी बिरामी

पूजाको प्रसाद खाँदा झापाको अर्जुनधारामा ६० बढी बिरामी

722

झापा । झापाको अर्जुनधारामा पूजाको प्रसाद खाँदा ६० बढी विरामी भएका छन् । अर्जुनधारा ९ स्थित खरबन्दीमा मंगलबार स्थानीय रिता निरौलाको घरमा पूजा लगाइएको र पूजामा वितरण गरीएको प्रसाद रोटी, अचार, तरकारी खाएका अधिकांश बिरामी भएको बताईएको छ । प्रसाद खाँदा उनको घरमा आएका पाहुना र टोलवासी बिरामी भएका हुन् ।

उनीहरुलाई बान्ता, पखाला र ज्वरो आउने लक्षण रहेको शनिश्चरे अस्पतालका चिकित्सकले बताएका छन्। बिरामी हुनेमा बालबालिकादेखि बृद्धबृद्धासम्म रहेका छन्। उनीहरु मध्ये केहीको स्थानीय स्वास्थ्य संस्था निजि क्लिनिक र केहीको बिर्तामोडस्थित बीएण्डसी र मनमोहन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

तपाईको बिचार