पर्वत । पर्वत जिल्ला क्रिकेट सङ्घले उत्कृष्ट ५ खेलाडीलाई सम्मान गरेको छ । संघले दोस्रो साधारण सभाको अवसरमा उत्कृष्ट वर्ष खेलाडी पुरुष, महिला र उदीयमान खेलाडीलाई सम्मान गरेको हो ।
वर्ष उत्कृष्ट पुरुष खेलाडी अमृत गुरुङ, महिला उत्कृष्ट खेलाडी कृषा अखेली र उदीयमान खेलाडीको रुपमा सचिन गिरी, अनुषा पौडेल र एन्जल अधिकारीलाई सम्मान गरिएको संघका अध्यक्ष रेशमबहादुर केसीले जानकारी दिए ।
यस्तै पर्वत क्रिकेटलाई योगदान दिने अजय लामिछाने, राजु थापा, दीपेन्द्र बस्याल, विनोद नेपाली, आकाशबहादुर नेपाली, सन्देश शाही र सञ्जय कँडेललाई पनि सम्मान गरिएको अध्यक्ष केसीले बताए । खेलकुद विकास समिति अध्यक्ष हर्कमान गुरुङ, कार्यालय प्रमुख जगदीश कुँवरलाई पनि संघले सम्मान गरेको हो ।
संघको दोस्रो साधारण सभा पर्वत कुस्मामा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष हर्कमान गुरुङको प्रमुख अतिथ्यतामा भएको हो । सभामा संघका सचिव दीपेन्द्र शर्मा लामिछानेले वार्षिक प्रतिवेदन, कोषाध्यक्ष अनिश श्रेष्ठले आर्थिक प्रतिवेदन र अध्यक्ष केसीले आगामी वर्षको कार्यक्रम तथा बजेट प्रस्तुत गरेका थिए ।
तपाईको बिचार