काठमाडौँ, १७ असार । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनका लागि दलहरुलाई आह्वान गर्नुभएको छ ।
उहाँले संविधानको धारा १६८ (२) अनुसार दुई वा दुई भन्दा बढी दलको समर्थनमा मिलीजुली सरकार गठनका लागि आह्वान गर्नुभएको हो । प्रदेश प्रमुख खापुङले ५ दिनको समय दिएर नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको हो । अब दलहरुले असार २१ गते बिहीबार अपराह्न ५ बजेसम्म प्रदेशसभाका बहुमत सदस्यको समर्थनमा मुख्यमन्त्रीको प्रस्ताव पेस गर्नुपर्नेछ ।
शुक्रबार एमाले नेता हिक्मतकुमार कार्की प्रदेशसभाबाट विश्वासको मत नपाएपछि पदमुक्त हुनुभएको थियो । ९३ सदस्यीय कोशी प्रदेशसभामा बहुमतका लागि ४७ प्रदेशसभा सदस्यको खाँचो छ ।
तपाईको बिचार