कांग्रेस एमालेबीच मन्त्रिपरिषद विस्तार गर्ने भागबण्डा मिल्यो गण्डकीमा

कांग्रेस एमालेबीच मन्त्रिपरिषद विस्तार गर्ने भागबण्डा मिल्यो गण्डकीमा

693

काठमाडौं । गण्डकी प्रदेशमा कांग्रेस एमालेबीच मन्त्रिपरिषद विस्तार गर्ने भागबण्डा मिलेको छ । सोही बमोजिम मंगलबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन् ।

सहमतिअनुसार अब ९ मध्ये कांग्रेसले मुख्यमन्त्रीसहित ५ र एमालेले ४ मन्त्रालय पाउनेछ । एमालेले भौतिक, पूर्वधार तथा यातायात, कृषि पर्यटन, वन र स्वास्थ्य मन्त्रालय लिने भएको छ ।

यता कांग्रेसको भागमा परेको मन्त्रालयमा मख्यमन्त्री पाण्डेले आफूलाई विश्वासको मत दिने नेकपा (माओवादी केन्द्र) को चुनाव चिन्ह लिएर निर्वाचित नेसपाका फणिन्द्र देवकोटा र स्वतन्त्र प्रदेशसभा सदस्य राजीव गुरुङलाईसमेत समेटेर सरकार पुनःगठन गर्ने तयारी गरेका छन् ।

मन्त्रालयको सङ्ख्या र बाँडफाँडमा सहमति नजुट्दा सङ्घीय सरकार बनेको दुई महिना बित्न लाग्दासमेत गण्डकीमा नयाँ समीकरण अनुसारको सरकार बन्न सकेको थिएन ।

तपाईको बिचार

सम्बन्धित खबर