काठमाडौं । नेकपा एमालेका सांसद ठाकुर गैरेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अब झुक्याउने समय सकिएको बताएका छन् ।
बिहीबारको प्रतिनिधि सभाको बैठकमा बोल्दैे सांसद् गैरेले भने प्रमुख प्रतिपक्ष दललाई धेर्यता गरेर सही बाटोमा हिँड्न आग्रह गरे ।
एकादेशको राजा र मन्त्रीको कथा सुनाउँदै उनले भने प्रतिपक्ष दलको नेताले सदनमा बोलेको कुरा अब कसैले नपत्याउने, कोही नझुक्किने, कसैले विश्वास नगर्ने तहमा पुगेको बताए ।
उनले सरकार छोडेको छोटो समयमै प्रतिपक्ष कुहिरोको काग जस्तो वनेको संसद्मा केहि दिनदेखिका प्रस्तुतिबाट आभाष भएको भन्दै एकजना राजाले पटक पटक गल्ति कुरा गर्दा पनि सच्याएका मन्त्रीले अन्तिममा भनेका थिए अब झुक्याउन सकिदैन महाराज भनेजस्तो अवस्था आएको कथा सुनाउँदै गैरेले भने अब माओवादीको झुट कतै चल्दैन ।
उनले जनयुद्धका नाममा माओवादीले बाँदरमुडे घटनादेखि मुक्तिनाथ अधिकार,बुद्धिमान पाख्रिन गुप्तवहादुर विश्वकर्मा जस्ता हजारौं निहत्था नागरिकको हत्या गरेको भन्दै त्यो हिंसा र आतंक नै भएको बताए । कृष्णसेनहरुको मात्र चर्चा गर्नु भन्दा निहथ्था नागरिकको हत्या र आतंकको पनि सवाल उठ्नुपर्ने उनको तर्क थियो ।
उटी आर सी विधेयकमा मानव अधिकारका गम्भिर प्रकृतिका घटनाका पिडक दण्डीत हुने र पिडीतले न्याय पाउनु पर्छ भन्ने कुरा उठेको बताए ।
राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सभापति समेत रहेका गैरेले सरकारको अहिलेको प्राथमिकता भनेको भ्रष्टााचार र अनियमितता, कमिसनतन्त्रको अन्त्य गर्नु राष्टिय हितका सवालमा साझा सहमति निर्माण गरी स्थीरता र स्यायीत्वको प्रत्याभुति दिलाउनु संविधान संसोधन गर्नु रहेको बताए ।
 
								 
							 
                                                             
                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                                            
तपाईको बिचार