काठमाडौँ । नेकपा एकीकृत समाजवादीमा पोलिटव्यूरोको मतगणना सुरु हुँदै छ । आज बिहान एकीकृत समाजवादीको केन्द्रीय पदाधिकारीको मतगणना सकिएपछि पोलिटव्यूरोको मत गन्न थालिएको हो ।
पोलिटव्यूरोको मतगणना अर्पण बैंकट, नयाँँ बानेश्वरमा भइरहेको छ । ३ सय ४४ जना केन्द्रीय सदस्य रहेको एकीकृत समाजवादीमा एक सय ५ जना पोलिटव्यूरो हुने व्यवस्था छ ।
मंगलबार भएको मतदानमा १ सय ५ पोलिटव्यूरोको लागि २ सय २ जनाले उम्मेद्वारी दिएका थिए । पदाधिकारी चयनको लागि गरिएको निर्वाचनमा ३ सय २२ मत खसेको छ ।
तपाईको बिचार