एकीकृत समाजवादीको सचिव पदमा दामोदर अर्यालको उम्मेदवारी

एकीकृत समाजवादीको सचिव पदमा दामोदर अर्यालको उम्मेदवारी

719

काठमाडौं । नेकपा एकीकृत समाजवादीको खुल्ला सचिव पदमा दामोदर अर्यालले उम्मेदवारी दिएका छ्न् । यसअघि पार्टीको केन्द्रिय सदस्य तथा प्रचार विभागका उपप्रमुखको जिम्मेवारी संहालेका अर्यालले यसपटक खुल्ला सचिवमा उम्मेदवारी दिएका हुन् ।

बारा जिल्लामा जन्मेर काठमाण्डौमा कर्मथलो बनाएका अर्याल तत्कालिन नेकपा एमालेमा हुँदा युवा फाँटको सहइञ्चार्जको जिम्मेवारी समेत सम्मालेका थिए ।

पार्टी विभाजनपछि खरो ढंगले एकीकृत समाजवादीको पक्षमा उत्रेका नेता हुन् । पछिल्लो पुस्तामा लोकप्रिय अर्याल उनका विभिन्न संचार माद्यममा समाजवादी आन्दोलको पक्षमा खरो ढंगले लेख रचनाहरु समेत आउने गरेका छन् ।
पाँच जना खुल्ला सचिवको पदमा २७ जनाको उम्मेदरी परेको छ ।

केही समयअघि सम्पन्न पार्टीको दशौ राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष र महासचिवबाहेक पदाधिकारी टुंगो लगाउन सकेको थिएन । सहमतिमै पदाधिकारी समेत चयन गर्ने गरी योजना बनेको भएपनि सहमती हुन नसकेपछि निर्वाचनबाट टुंगो लगाइने भएको हो ।

 

तपाईको बिचार

सम्बन्धित खबर