राष्ट्रिय दलित नेटवर्कले मनायो स्थापनाको २५ वर्ष,मानव मर्यादा पुरस्कार टेलरलाई

राष्ट्रिय दलित नेटवर्कले मनायो स्थापनाको २५ वर्ष,मानव मर्यादा पुरस्कार टेलरलाई

855

काठमाण्डौं । राष्ट्रिय दलित नेटवर्कले स्थापनाको २५ वर्ष मनाएको छ । सामाजिक न्याय, र जातीय विभेदविरुद्ध सक्रिय हुँदै आएको नेटवर्कले बिहीबार कैलालीमा थापनाको २५ वर्ष मनाएको हो ।

भूमि अधिकार र मानव अधिकार पक्षमा कियाशील राष्ट्रिय दलित नेटवर्कले सुदूरपश्चिम प्रदेश सरकार आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा राष्ट्रिय दलित नेटवर्क अहिलेसम्म गरेका कार्य तथा योगदान समेटिएको वृतचित्र समेत प्रर्दशन गरेको थियो । प्रमुख अतिथी कानुनमन्त्री सार्कीले भूमि अधिकार, मानव अधिकार र दलित अधिकार प्राप्तिका लागि खेलेको भूमिकाको प्रशंसा गरे ।

नेटवर्कका संस्थापक अध्यक्ष गणेश बिश्वकर्माले दलित समुदायका बहुआयामिक समस्याहरुको दीर्घकालीन समाधानका लागि बहस पैरवीका माध्यमबाट राज्यलाई दबाव दिन खेलेको सृजनात्मक भूमिकाको फेरिस्त प्रस्तुत गरेका थिए । कार्यक्रम सुदूरपश्चिम प्रदेशसभा सदस्यहरु लक्ष्मी बि. क. ललिता सुनार तथा नेटवर्कका सल्लाहकार शिक्षाबिद डा. हेमराज पन्तको आतिथ्यमा सम्पन्न भएको थियो ।

नेटवर्कले २०८१ सालको टीकाराम पार्की मानव मर्यादा पुरस्कार छत्र टेलरलाई प्रदान गरेको छ । दलित मुक्ति अभयिान र सामाजिक न्यायका पक्षमा योगदान पुरयाएको भन्दै नेटवर्कले टेलरलाई उक्त पुरस्कार प्रदान गरेको हो ।

कार्यक्रममा विभिन्न स्थानीय तहका जनप्रतिनिधी, सरकारी निकाय, संस्थाका संस्थापकहरु, कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, नागरिक समाज, मानव अधिकारकर्मी र संचारकर्मीहरुको सहभागिता भएको थियो । कार्यक्रममा भूमि अधिकार, मानव अधिकार र दलित अधिकारको क्षेत्रमा योगदान पुर्याएका विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको छ ।

टेलर बिगत लामो समयदेखि सामाजिक आन्दोलन र राजनैतिक दलमा सहभागी हुदै जातीय बिभेदका बिरुद्ध आवाज उठाउदै आएका छन् ।

राष्ट्रिय दलित नेटवर्कले २०६० सालदेखि उक्त पुरस्कार प्रदान गर्दै आएको छ । २०५७ सालमा नेटवर्कको रुपमा स्थापना भएको क्षेत्रीय दलित नेटवर्क २०६० सालमा दर्ता भएको थियो । २०६३ सालमा क्षेत्रीय दलित नेटवर्कबाट नाम परिवर्तन गर्दै राष्ट्रिय दलित नेटवर्क बनाएको थियो । त्यसपछि अहिले नेटवर्कले देशभरि कार्यक्रम सँचालन गरिरहेको छ ।

तपाईको बिचार

सम्बन्धित खबर