सोलुखुम्बुको थामे बाढी- २३ घरमा क्षति, ५५ वर्षीय शेर्पा बेपत्ता

सोलुखुम्बुको थामे बाढी- २३ घरमा क्षति, ५५ वर्षीय शेर्पा बेपत्ता

745

काठमाडौँ । सोलुखुम्बुको खुम्बुपासाङ ल्हामु गाउँपालिका ५ थामेमा आएको बाढीले २३ घरमा क्षति पुगेको छ । शुक्रबार दिउँसो थामेमा अचानक लेदोसहितको बाढीले गर्दा स्थानीय ५५ वर्षीय नुरु टुडु शेर्पा बेपत्ता छन् ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विद्युत्‌को ड्याम भत्किँदा त्यस क्षेत्रमा विद्युत् र सञ्चार सेवासमेत अवरुद्ध भएको छ । थामेमा आएको बाढीबाट १३ घर पूर्ण र १० घरमा आंशिक क्षति भएको छ ।

वाढीले एक विद्यालय भवन, एक स्वास्थ्य क्लिनिक र २ वटा होटलका भौतिक संरचनामा पनि पूर्ण रुपमा क्षति पुगेको छ । खुम्बू विद्युत् कम्पनीको ड्याम क्षतिग्रस्त हुँदा विद्युत् उत्पादन बन्द भएको प्राधिकरणले जनाएको छ ।

थामेबाट ९ किलोमिटर माथि रहेका ५ वटा हिमतालमध्ये २ वटा फुटेर थामे खोला (भोटेखोला) मा बाढी आई गाउँ नै बगाएको थियो । वाढीले स्थानीय जलविद्युत् आयोजनाको ड्यामसमेत बाढीले भत्काएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर