प्रशासकिय अधिकृतको सरुवा थमौतिका लागि पालिकाको नेतृन्व काठमाण्डौमा, स्थानीय दलहरुको आपत्ति

प्रशासकिय अधिकृतको सरुवा थमौतिका लागि पालिकाको नेतृन्व काठमाण्डौमा, स्थानीय दलहरुको आपत्ति

1368

काठमाण्डौं । प्रशासकिय अधिकृतको सरुवा थमौतिका लागि पञ्चदेवाल विनायक नगरपालिका अछामका अध्यक्ष उपाध्यक्ष सहित कार्यपालिकाका केही सदस्यहरु काठमाण्डौंमा भएको घटना प्रति स्थानीय राजनैतिक दलहरुको नेतृत्वले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

पञ्चदेवाल विनायक नगरपालिका अछाममा कृयाशिल राजनैतिक दलहरु नेकपा (एमाले)  ,नेकपा (माओवादी) केन्द्र, राष्टिय स्वतन्त्र पार्टी (रास्वापा), राप्रपा नेपाल ,नेकपा (एकीकृत समाजवादी), विप्लव नेतृत्वको नेकपाले शुक्रबार एक विज्ञप्ति जारी गरी पालिकाका प्रमुख उपप्रमुख सहितको नेतृत्व सरुवा भएका कर्मचारी प्रशासकिय अधिकृत ध्रुव सापकोटाको सरुवा थमौतिमा जानुप्रति गम्भिर रुपमा ध्यानाकर्षण भएको जनाएका छन् ।

विज्ञप्तिमा आफूल भनेको मान्ने कार्यालय प्रमुखको थमौतिमा कार्यालयको जम्बो टिम काठमाण्डौ जानुलाई आर्थिक चलखेलका फायलहरु ढाकछोप गर्न समेत रहेको आरोप लगाईएको छ ।

विज्ञप्तिमा नगरपालिकालाई १० वुँदे ध्यानाकर्षण पत्र सहित नगरप्रमुख अम्बिका चलाउने उपप्रमुख हर्कबहादुर रावल सहित कार्यपालिकालाई ध्यानाकर्षण गराएका छन् ।

तपाईको बिचार

सम्बन्धित खबर