समयमा काम सम्पन्न नहुँदा ७९ करोड विकास बजेट ‘फ्रिज’ भयो ओखलढुङ्गामा

समयमा काम सम्पन्न नहुँदा ७९ करोड विकास बजेट ‘फ्रिज’ भयो ओखलढुङ्गामा

819

काठमाण्डौं । ओखलढुङ्गामा गत आर्थिक वर्ष २०८० / ८१ मा ७९ करोड रुपैयाँ भन्दा बढी विकास बजेट ‘फ्रिज’ भएको छ ।

बजेट विकास निर्माणका लागि विनियोजन भए पनि विकास बजेट ७९ करोड ३९ लाख ६२ हजार सय ५५ दशमलव १६ पैसा फ्रिजु भएको कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रक मनोजकुमार जोशीले जानकारी दिए ।

सङ्घ र प्रदेश दुवैतर्फ गत आवमा जिल्लाका लागि कूल ८ अर्ब ५४ करोड ५१ लाख ७६ हजार १ सय १५ बजेट विनियोजन भएको थियो । बजेटमध्ये सङ्घतर्फ ४ अर्ब ७८ करोड ७३ लाख ६६ हजार ३ सय १६ चालु र १ अर्ब १८ करोड १२ लाख ४७ हजार ५ सय ८१ रुपैयाँ पुँजीगत रहेको थियो ।

गत आवमा प्रदेशतर्फ चालु बजेट ६२ करोड ७२ लाख ५५ हजार र पुँजीगत १ अर्ब ५५ करोड ४८ लाख ८४ हजार रुपैयाँ बजेट जिल्लाका लागि विनियोजन भएको थियो । कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार जिल्लाका स्थानीय तहलाई निकासा भएको बजेटमा पनि खर्च वर्षेनी घटेको छ ।

 

 

तपाईको बिचार