नेकपा एसले बनायो ३४४ सदस्यीय केन्द्रीय कमिटी ( नामावली सहित )

नेकपा एसले बनायो ३४४ सदस्यीय केन्द्रीय कमिटी ( नामावली सहित )

1985

काठमाडौं । नेकपा एकीकृत समाजवादीले केन्द्रीय सदस्यको संख्या बढाएको छ । आकांक्षी धेरै भएपछि केन्द्रीय कमिटी ३४४ सदस्यीय बनाएको हो ।

अहिले पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा जारी बैठकमा सदस्यहरुको नाम वाचन गरेर अनुमोदन गराउने तयारी छ । विधानमा २१ पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय कार्य समिति हुने उल्लेख छ ।

यसअघि महाधिवेशनले अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालसहित ९३ सदस्यीय कमिटी घोषणा गरेको थियो ।

केन्द्रीय कमिटीले पूर्णता पाएपछि पदाधिकारी चयन गर्ने तयारी छ ।

Final list CCM 2081.03.18

तपाईको बिचार

सम्बन्धित खबर