समाजवादका शतिसाल- झलनाथ खनाल

समाजवादका शतिसाल- झलनाथ खनाल

1946

मिलन अधिकारी (उपाध्याय )

नेपालमा समाजवादको अवधारणा २० औं शताब्दीको मध्यतिर प्रचलित हुन थालेको हो । विशेष गरी, वि.स. २००७ सालको जनआन्दोलन पछि नेपालमा प्रजातन्त्र स्थापना भएपछि समाजवादको चर्चा बढ्न थालेको हो ।

प्रजातन्त्र मात्र नभएर नेपालमा समाजवादको नारा २०२८ सालमा तत्कालीन राजा महेन्द्रद्वारा स्थापित पञ्चायती व्यवस्थामा पनि निर्दलीय प्रजातन्त्र भन्ने नाममा समाजवादलाई एक महत्त्वपूर्ण सिद्धान्तको रूपमा प्रस्तुत गरिएको थियो।

नेपाली राजनीतिमा २००७ सालदेखी अहिले २०८१ सालसम्म आईपुग्दा समाजवादकालागी आवाज उठाउने राजनीतिक दलहरुमा नेपाली कांग्रेस देखि देशका संपुर्ण ठुला साना वामपन्थी दल र गएको निर्वाचनवाट स्थापित भएको रास्वापा सम्म नयाँ पुराना सबै छन् । नेताहरुकै कुरागर्दा विपी कोईराला , पुष्पलाला श्रेष्ठ , मदन भण्डारी , मनमोहन अधिकारीहरु समाजवादको वकालत गर्दागर्दै अहिले यो संसारबाट विदा भईसकेका छन् , भने झलनाथ खनाल , माधव कुमार नेपाल , पुस्पकमल दाहाल (प्रचण्ड) , बाबुराम भट्टराई लगायतका नेताहरु अहिलेपनि समाजवादकै लाईनमा रहेका छन् ।

बर्तमान नेपाली राजनीतिमा स्थापित समकालीन नेताहरु मध्ये समाजवादको खुलेर वकालत गर्नेहरुको अग्रपंक्तिमा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल देखिएका छन् । बर्तमान समयमा झलनाथ खनाल समाजवादका प्रखर पक्षपाती भएर हरेक सभासमारोह वा कुनै कार्यक्रममा दोहोर्‍याउने शब्द हो समाजवाद। खनाल भन्छन्, ‘अब देशको यात्रा समाजवाद मात्र हो, अरू हुँदै होइन।’
खनालको समाजवादी पक्षधरता आजको भने होईन , सन् १९६० को दशकबाट नै सुरु भएको हो । जतिवेला उनी विद्यार्थी राजनीतिमा सक्रिय थिए । उनी सन् १९७० को दशकमा कम्युनिष्ट पार्टीमा प्रवेश भएर अनवरत रुपमा समाजवादको यात्रामा छन् । उनको भनाइमा समाजवादबाटै वर्गीयता उन्मूलन हुन्छ भने धनी र गरिबको खाडल पुरिन्छ। ।

खनाल सदावहार समाजवादको प्रचारक हुन्। एमालेमै रहँदा जनताको बहुदलीय जनवाद (जबज) को खनालले विरोध गर्थे । उनको समाजवादको अडानले कुनै बेला एमालेमा सैद्धान्तिक बहसमा मतदान भएको थियो। एमालेका तत्कालिन महासचिव मदन भण्डारीले प्रतिपादन गरेको जबजलाई ‘दक्ष प्रजापतिको टाउको’ को उपमा दिन्थे खनाल। यसर्थ, उनी कहिल्यै जबजको पक्षपाती भएनन्। एमाले को नवौं महाधिवेशनमा झलनाथ खनालले समृद्ध नेपाल, सुखी नेपाली नारासहित समाजवादी कार्यक्रम प्रस्तुत गरेका थिए। यो कार्यक्रम नेपालको समृद्धि र नेपाली जनताको सुखको लक्ष्यमा केन्द्रित थियो।

यस नाराको मुख्य उद्देश्यहरू आर्थिक विकास , सामाजिक न्याय शिक्षा र स्वास्थ्य , रोजगारी , संविधान र लोकतन्त्र , पर्यावरण संरक्षण सहित झलनाथ खनालको यो समाजवादी कार्यक्रमबाट नेपाललाई आर्थिक र सामाजिक रूपमा समृद्ध बनाउने दिशामा अघि बढाउने उद्देश्य राखिएको थियो। समृद्ध नेपाल, सुखी नेपाली नाराले नेपाली जनताको सुख, शान्ति, र समृद्धिको आकांक्षा प्रतिबिम्बित गरेको थियो । तर ०७८ साउनमा तत्कालीन नेकपा एमालेका नेता झलनाथ खनालको जीवन एकाएक सकसपूर्ण बन्यो। एकातिर स्वास्थ्य समस्या र अर्को पार्टीमा आन्तरिक विवाद। यसैबेला उनी उपचारका लागि भारत गए।

७० वर्षमाथिको जीवनमा मिर्गौला प्रत्यारोपण गर्दा उपचार सफल हुन्छ वा हुँदैन, अन्योल थियो। भाग्यको कुरा१ खनालको मिर्गौला प्रत्यारोपण सफल भयो। दुःखको कुरा उनी भारतमै रहँदा पार्टी विभाजित भयो। यसबेला पार्टीमा अध्यक्ष केपी शर्मा ओलीसँग माधवकुमार नेपालसहितबीच तिक्तता बढेको थियो। भारत जानुपूर्व उनले पार्टी विभाजित नगर्न अनुरोध गरेका थिए। उनको अनुरोधको सुनुवाइ भएन।
२०७८ भदौ २ मा एमाले विभाजित भएर एकीकृत समाजवादी बन्दा उनी भारतै उपचार गराइरहेका थिए । उपचारकै क्रममा खनालले समाजवादीमै सनाखत गराए । यसपछि खनालको जीवन र पार्टी नयाँ गतिमा सुरु भयो ।

अहिले पार्टीमा पनि उनले समाजवाद भित्र्याएका छन् । यही मुद्दा बोकेर खनालमा अझै पनि देशको नेतृत्व गर्ने हुटहुटी छ। ‘देशलाई समाजवादी दिशामा लैजान म जुनसुकै जिम्मेवारी निर्वाह गर्न सक्छु,’ खनाल भन्छन्। खनालले १० औँ महाधिवेशनबाट समाजवादीको मार्गदर्शक सिद्धान्त ‘नेपाली विशेषताको समाजवाद’ ल्याएका हुन्। अहिले समाजवादीमा सैद्धान्तिक जित भएको उनको निष्कर्ष छ। पार्टी अध्यक्ष माधवकुमार नेपालले जबजलाई निरन्तरता दिने पक्षमा थिए। खनालले मानेनन्। यसपछि अध्यक्ष नेपाल पछि हटे।

खनालको नेपाली विशेषताको समाजवाद मा के छ ?

१० औँ महाधिवेसनबाट पारित गराएको झलनाथ खनालले अगाडि सारेको नेपाली विशेषताको समाजवाद नेपालका विशिष्ट ऐतिहासिक, सांस्कृतिक, आर्थिक, र सामाजिक सन्दर्भलाई ध्यानमा राखेर परिभाषित गरिएको समाजवाद हो। यसका केही प्रमुख तत्वहरू निम्न छन्
-लोकतान्त्रिक प्रणालीस् प्रजातान्त्रिक प्रक्रियाहरूलाई स्वीकार गर्ने, बहुदलीय व्यवस्थालाई समर्थन गर्ने, र जनताको सहभागितामा आधारित सरकारको निर्माण।
– आर्थिक समानता र आर्थिक असमानताको अन्त्य गर्दै सबै नागरिकलाई समान अवसर र स्रोतको पहुँच सुनिश्चित गर्ने। विशेष गरी, गरिबी उन्मूलन र सामाजिक सुरक्षा प्रणालीको विस्तार।
– सामाजिक न्याय सबै वर्ग, समुदाय, जाति, र लिङ्गका मानिसहरूलाई समान अधिकार र अवसर प्रदान गर्दै समाजमा न्यायपूर्ण प्रणालीको स्थापना गर्ने।
– राष्ट्रिय स्वाधीनता स् नेपालका स्वतन्त्रता, सार्वभौमिकता, र राष्ट्रिय स्वाभिमानको संरक्षण गर्दै बाह्य हस्तक्षेपविरुद्ध दृढता देखाउने।
– सांस्कृतिक मूल्य र परम्परा स् नेपालका विविध सांस्कृतिक र परम्परागत मूल्यहरूको संरक्षण र प्रवर्द्धन गर्दै समाजवादी विचारधारालाई स्थानीय सन्दर्भमा लागू गर्ने।
– सामाजिक सुरक्षा स् सबै नागरिकलाई स्वास्थ्य, शिक्षा, आवास, र अन्य आधारभूत सेवाहरूको पहुँचमा ल्याउने नीति अपनाउने।
झलनाथ खनालको नेपाली विशेषताको समाजवादू ले नेपाली समाजको विशेषताहरूलाई ध्यानमा राख्दै समृद्धि र समानतामा आधारित समाजको निर्माण गर्ने लक्ष्य राख्छ।

यो महाधिवेशनबाट खनाल सैद्धान्तिक मात्र नभई सांगठनिक राज गर्न चाहन्थे। उनी अध्यक्षकै दाबेदार थिए । तर अन्तिममा खनालले नै सर्वसम्मत नेतृत्व छान्न पहलकदमी गरे। अध्यक्षबाट पछि हटेर सम्मानित नेता बनेपछि अरू नेतालाई सहजीकरण गरेका थिए । राजनीतिक जिवनको सुरुवातदेखी समाजवादको वकालत गरेर जिवनको उत्तरार्धसम्म त्यहि विचारधारा बोकेका खनाल अहिले देशमा विकृत राजनीति फैलिएको सुनाउँछन्। ‘लुछाचुँडीबाहेक अहिले देशमा केही भएको छैन। सबैतिर अकर्मण्यता बढेको छ,’ खनाल भन्छन्, ‘देशमा विरक्तपना बढेको छ। युवाहरू बिदेसिन बाध्य छन्। यी सबै विषयको उपचार समाजवाद हो। जसरी पनि त्यहाँ पुग्नुपर्छ।’

खनाल उपचार यसपछिको जीवन उपहार पाएको बताउँछन्। यसैले पनि बाँकी जीवन देश र जनताकै लागि छुट्याएको उनी सुनाउँछन्। ‘म पर्याप्त समय जनतालाई दिन सक्छु। म रोगी छैन अहिले’, खनाल भन्छन् । जनतालाई समाजवाद बुझाउन आफू सक्रिय भएको खनालको दाबी छ।
शतिसाल ( बैज्ञानिक नाम: Shorea robusta )लाई यसको बलियो र टिकाउ काठका कारण -बल र टिकाऊपन-  को प्रतिक रूपमा हेरिन्छ। दक्षिण एसियाका नेपाल ,भारत ,बंगलादेश ,भुटान लगायतका देशहरुमा पाईने यो रुखलाई सृजनात्मक कार्य र सहनशीलताको प्रतीकको रूपमा लिइन्छ, किनकि यो रुख कठिन परिस्थिति र मौसममा पनि स्थिर रहन्छ र लामो समयसम्म टिकाउहुन्छ । नेपाली राजनीतिमा बिशेषगरी नेपाली कम्युनिस्ट आन्दोलन त्यसमापनि समाजवादुकालागी कठिन अवस्था , प्रतिकुल परिस्थितिमापनि स्थिर भएर सृजनात्मक रुपमा अगाडि वढाउँदै अनवरत रुपमा लागीपरि रहेका नेकपा एकीकृत समाजवादीका सम्मानित नेता क। झलनाथ खनाल नेपाली कम्युनिष्ट आन्दोलन र समाजवादका शतिसाल हुन् ।

तपाईको बिचार