प्रधानमन्त्रीसमक्ष तीन राज्यमन्त्रीको सपथ

प्रधानमन्त्रीसमक्ष तीन राज्यमन्त्रीको सपथ

901

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नवनियुक्त तीन राज्यमन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज आयोजित समारोहमा प्रधानमन्त्री समक्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरी, वन तथा वातावरण राज्यमन्त्री रुपा बिक र ऊर्जा, जलस्रोत र सिँचाई राज्यमन्त्री पूर्णवबहादुर तामाङले सपथ लिएका हुन् ।

सपथ कार्यक्रममा उपप्रधानमन्त्रीहरु, मन्त्रीगण, मुख्यसचिव, उच्चपदस्थ अधिकारी सहभागी थिए । योसँगै गत असार ३० गते नियुक्त प्रधानमन्त्री ओलीको नेतृत्वको २५ सदस्यीय मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर