एकीकृत समाजवादीको पूर्वनिधारित केन्द्रीय कमिटीको बैठक सर्यो

एकीकृत समाजवादीको पूर्वनिधारित केन्द्रीय कमिटीको बैठक सर्यो

827

काठमाडौँ। नेकपा ९एकीकृत समाजवादी० को पूर्वनिधारित केन्द्रीय कमिटीको बैठक सरेको छ।

साउन १४ गते बोलाइएको केन्द्रीय कमिटीको बैठक केही तयारी अपुगका कारण साउन १६ गतेका लागि सारिएको बताईएको छ ।

एकीकृत समाजवादीले रिक्त केन्द्रीय सदस्य थप्न  र पदाधिकारी छनौटबारे छलफल गर्न  बैठक बोलाएको हो । एकीकृत समाजवादीमा केन्द्रीय सदस्य ३ सय २९ जना हुने व्यवस्था गरिएको छ । असार दा्रेस्रो साता गरिएको १० औँ महाधिवेनले त्यस मध्ये ९३ जना केन्द्रीय सदस्य मात्रै तोकेको छ । बाँकी २ सय ६ जना केन्द्रीय सदस्य छान्न बाँकी छ ।

बैठकमा सबै प्रदेशले केन्द्रमा पठाएको सिफारिसका आधारमा नेताहरूको योगदान र क्षमताको मूल्याङ्कन गरी भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर मनोनयन गर्ने, कमिटीलाई पूर्णता दिएपछि पदाधिकारी चयन गर्ने लगायत विषयमा छलफल हुनेछ ।

समाजवादीको केन्द्रीय पदाधिकारी २१ सदस्य हुने व्यवस्था छ । महाधिवेशनले अध्यक्ष, सम्मानित नेता र महसचिव मात्रै तोकेको छ । अन्य पदाधिकारी टुंग्याउन बाँकी छ ।  बैठकमा त्यसबारे समेत छलफल हुने भएको छ ।

तपाईको बिचार