एकीकृत समाजवादीले मापदण्डको आधारमा सदस्य मनोनयन गर्ने

एकीकृत समाजवादीले मापदण्डको आधारमा सदस्य मनोनयन गर्ने

838

लेखनाथ सिकारु

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको असार २० गतेको बैठकको निरन्तरता दिंदै प्रथम बैठक सम्पन्न भएको छ । बिहिबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा भएको बैठक आगामी साउन १४ गते सम्म स्थगित भएको छ ।

बैठकको सुरुआतमा पार्टीका अध्यक्ष माधवकुमार नेपालले पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरेका थिए । अध्यक्ष नेपाले बैठकको सुरुमा बोल्ने क्रममा भने ‘हामीले थप प्रष्ट मापदण्ड तयार गर्नुपर्ने हुन्छ । हामीले एउटा मापमण्ड बनाइसकेका छौं त्यसले पुगिरहेको छैन । त्यसैले त्यसमा अरु कुरा जोडेर भएपनि मापदण्डहरु परिमार्जन गर्न आवश्यक छ । यो विषयमा पनि छलफल गछौं ।

सहमतिको साथ हुन सकेको अवस्थामा हामी नाम ल्याउँछौं होला तर त्यो परिस्थिती बनिरहेको छैन ।’। अध्यक्ष नेपाले भने प्रदेश अध्यक्ष र इन्चार्जहरूले छलफल र परामर्श आफ्नो प्रदेशमा सहमतिको प्रयास गर्नु जरुरी छ ।

बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता दिन कार्यविधि तथा मापदण्ड बनाउने, विषयमा छलफल भएको नेता तथा प्रचार विभाग प्रमुख जगन्रनाथ खतिवडाले बताए ।

बैठकले सौय एयरलाईन्स र सिमलटारभा भएको वस दुर्घछनाको विषयमा ध्यान केन्द्रित गर्दै यस्ता प्रकारका दुर्घटना किन भईरहेको छ भन्ने विषयमा अध्ययन र छानविन गरी सत्य तथ्य रिपोर्ट बाहिर ल्याउन आवश्यक राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न सरकार संग आग्रह गरेको बताए ।

केन्द्रीय सदस्यका लागि सबै प्रदेशले साउन ११ र १२ गते प्रदेश कमिटी र प्रदेशमा रहेका केन्द्रीय कमिटीका सदस्यहरुले व्यापक परामर्श गरी दिईएको ढाँचामा कस्लाई के कारण केन्द्रीय सदस्य बनाउन सकिन्छ भन्ने सुझाव केन्द्रमा पेश गर्ने जुन केन्द्रले तय गरको आधारशिलाको अनुसार हुने नेता खतिवडाले बताए ।

उनका अनुसार साउन १४ भित्र केन्द्रिय कमिटीलाई पूर्णता दिने र त्यसपछि पदाधिकारी चयन गर्ने नेता खतिवडाले बताए ।
केन्द्रमा पठाएको सिफारिसका आधारमा नेताहरूको योगदान र क्षमताको मूल्याङ्कन गरी सन्तुलन मिलाएर मनोनयन गर्ने एकीकृत समाजवादीको तयारी छ। पार्टीमा दुई सय ६ केन्द्रीय सदस्य पद रिक्त छन्।

सबै जिल्लाको पहुँच केन्द्रीय नेतृत्वमा पुर्याउन तथा भौगोलिक सन्तुलन कायम गर्न प्रत्येक जिल्लाबाट कम्तीमा एकजना सदस्यको प्रतिनिधित्व सुनिश्चित गरिएको छ। समावेशीकरणको सिद्धान्तअनुसार महिला र खुला समूह निर्धारण गरी २५ देखि ४५ वर्षको उमेर समूह र खुला उमेर समूह निर्धारण गरिएको छ।

केन्द्रीय सदस्य चयन गर्न सकस पार्टीमा पदभन्दा आकांक्षी धेरै भएपछि एकीकृत समाजवादीलाई केन्द्रीय सदस्य चयन गर्न हम्मे हम्मे परेको छ । प्रदेश कमिटीका अध्यक्ष र इञ्चार्जले प्रदेशबाट सम्भावित केन्द्रिय सदस्यहरुको नाम बुझाएको लामो समय वितिसक्दा पनि पार्टीले सदस्यहरुको नाम टुँगो लगाउन सकेको छैन ।

१६-२१ असारमा सम्पन्न महाधिवेशनले १० दिनभित्र केन्द्रीय कमिटीलाई पूर्णता दिने घोषणा गरेपनि २१ दिन वितिसक्दा पनि केन्द्रीय सदस्यहरुको नाम टुँगो लगाउन सकेको छैन ।

महाधिवेशनले अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसालसहित ९३ सदस्यीय केन्द्रीय कमिटी सर्वसम्मत चयन गरेको थियो ।

यसअघि गत २२-२३ असारमा बसेको केन्द्रीय कमिटी बैठकले १० दिनभित्र केन्द्रीय सदस्यको नामावली तयार पार्न प्रदेशका इन्चार्ज र संयोजकलाई जिम्मा दिएकोमा समय सिमा भित्रै प्रदेशले नामावली बुझाईसकेको र अव सबै अधिकार केन्द्रलाई भएको कोशि प्रदेशका अध्यक्ष बलदेव चौधरीले बताए ।
भूगोलल सहित विभिन्न कार्यक्षेत्र, समावेशी र खुला प्रत्येक क्षेत्रमा ३३ प्रतिशत महिलालाई आरक्षण गर्नुपर्नेछ । महिलालगायत सबै निर्वाचन क्षेत्रबाट २० प्रतिशत २५ देखि ४५ वर्ष उमेर समूहलाई आरक्षण गर्नुपर्नेछ । सबैभन्दा बढी बागमतीबाट २३ जना केन्द्रीय सदस्य हुनेछन् । त्यसपछि कोशी र मधेशबाट २१-२१ जना केन्द्रीय सदस्य बन्नेछन्  । कर्णालीबाट १९, लुम्बिनीबाट १८, सुदूरपश्चिमबाट १६, गण्डकीबाट १५ केन्द्रीय सदस्य हुनेछन् । यस्तै, सम्पर्क प्रदेशबाट आठ, पेसागतबाट ६, भारत र अन्य प्रदेशबाट एक–एकजना केन्द्रीय सदस्य बन्ने नेता दिलु पन्तले बताईन्  ।

विधानअनुसार सबै जिल्लाबाट कम्तीमा एकजना केन्द्रीय सदस्य हुनेछन् । प्रदेश अन्तगर्तका २५ सय संगठित सदस्यबराबर एकजनाका दरले केन्द्रीय सदस्य थप हुनेछन् । समावेशी क्षेत्रबाट महिला, आदिवासी जनजाति, दलित, मधेशी, मुस्लिम, थारू, अल्पसंख्यक गरी ७० जना केन्द्रीय सदस्य हुनेछन् । पदाधिकारीसहित खुला क्षेत्रबाट ८० जना केन्द्रीय कमिटीमा हुनेछन् । केन्द्रीय समितिको एकतिहाइ पोलिटब्युरो, पोलिटब्युरोको एकतिहाइ स्थायी कमिटी र २१ सदस्यीय पदाधिकारी रहनेछ ।

एकीकृत समाजवादीले केन्द्रीय सदस्यका लागि संगठित सदस्यता लिएको १० वर्ष पूरा भएको हुनुपर्ने, विगतमा जिम्मेवारी सम्पादनको अवस्था, पार्टी नीतिको व्याख्या, विश्लेषण गर्ने क्षमता, जनताबीच क्रियाशीलताजस्ता मापदण्ड बनाएको छ ।

 

तपाईको बिचार