काठमाडौँ, २५ चैत। वेस्ट इन्डिजका रोड्रिक ओ’ एस्टविक नेपाली राष्ट्रिय क्रिकेट टोलीको बलिङ सल्लाहकार प्रशिक्षकमा नियुक्त भएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार एस्टविकलाई बलिङ सल्हाहकार प्रशिक्षक नियुक्त गरिएको जानकारी दियो । एस्टविकसँग आठ वर्षभन्दा लामो समय वेस्ट इन्डिजको सियिनर टोलीसँग काम गरेको अनुभव छ ।
६२ वर्षीय एस्टविकले ३७ पहिलो श्रेणी र ४२ लिस्ट ‘ए’ खेलेका छन् । उनले प्रथम श्रेणीमा १४१ विकेट लिनुका साथै ३७६ रन प्रहार गरेका छन् । यसैगरी एस्टविकले लिस्ट ‘ए’ मा ४३ विकेटका साथै १०० रन बनाएका छन् ।
तपाईको बिचार