इलाम-२ मा एमालेबाट सुहाङ नेम्वाङ उम्मेदवार

इलाम-२ मा एमालेबाट सुहाङ नेम्वाङ उम्मेदवार

823

काठमाडौँ, ११ चैत ।  इलाम-२ मा १५ वैशाखमा हुने उपनिर्वाचनमा नेकपा एमालेले उम्मेदवार टुंगो लगाएको छ ।

आइतबार बसेको पार्टीको सचिवालय बैठकले सुहाङ नेम्वाङलाई उम्मेदवार चयन गरेको एक नेताले जानकारी दिए ।

सुहाङ ४ मंसिर २०७९ को आम निर्वाचनमा त्यसै क्षेत्रबाट जितेका एमाले नेता सुवासचन्द्र नेम्वाङका छोरा हुन् । सुवास नेम्वाङको गत भदौमा निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो ।

 

तपाईको बिचार