मनकामना केबलकार चैत ७ गते बन्द

मनकामना केबलकार चैत ७ गते बन्द

711

काठमाडौँ, ५ चैत । नेपालको पहिलो केबलकार मनकामना केबलकारको सेवा एक दिन बन्द हुने भएको छ ।

यही चैत ७ गते बुधवार केबलकारको सेवा बन्द रहने कम्पनीले जनाएको छ ।  नियमित मर्मत सम्भार गर्नुपर्ने भएकाले सेवा बन्द हुने कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ ।

केबलकार सेवा बन्द रहे पनि केबलकारको तल्लो स्टेसनमा रहेको रेस्टुरेन्ट भने नियमित सञ्चालनमा रहने जनाइएको छ  ।

तपाईको बिचार

सम्बन्धित खबर