नेपाली कांग्रेसद्वारा गृहमन्त्रीको राजीनामा माग

नेपाली कांग्रेसद्वारा गृहमन्त्रीको राजीनामा माग

783

काठमाडौँ, २ चैत । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा जोडिएका गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ ।

आजको प्रतिनिधिसभाको बैठकको सुरुमै नेपाली कांग्रेसका सांसदहरु उठेर विरोध गरेका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले कांग्रेस सांसद प्रदीप पौडेललाई समय दिएका थिए ।

त्यसक्रममा सांसद पौडेलले गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै त्यस्तो व्यक्ति अनुसन्धान गर्ने निकायमा बसेर कसरी अनुसन्धान हुन्छ भन्दै प्रश्न गरे । पौडेलले भने, ‘विगतका बैठकदेखि संसदमा प्रश्न उठ्दै आएको छ । तर प्रश्नको सामना गर्नुको साटो प्रधानमन्त्री भागेर हिँड्नुभएको छ’, ‘प्रधानमन्त्रीले जवाफ नदिएर डवल स्ट्यान्ड देखाउनुभएको छ ।’

 ‘उहाँ गृहमन्त्री हुनुहुँदैन थियो, प्रधानमन्त्रीले पनि उहाँलाई गृहमन्त्री बनाउनुहुँदैन थियो । ३१ हजार सहकारीका बचतकर्ता पीडित छन् । त्यस्तै अनुसन्धानको घेराभित्र रहको व्यक्ति अनुसन्धानको मुख्य व्यक्ति हुँदा । सरकारले वित्तीय संकटलाई कसरी समाधान गर्न सक्छ ?’ उनले भने, ‘म गृहमन्त्रीलाई भन्न चाहन्छु–उच्च नैतिकताका आधारमा राजीनामा दिएर उदाहरण प्रस्तुत गर्नुस् ।’

तपाईको बिचार