जनताले देख्ने गरी काम गर्न मन्त्रीहरूलाई ओलीको निर्देशन

जनताले देख्ने गरी काम गर्न मन्त्रीहरूलाई ओलीको निर्देशन

929

काठमाडौँ, २९ फागुन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई जनताले देख्ने गरी काम गर्न निर्देशन दिएका छन् ।

आज बानेश्वरमा बसेको पार्टी संसदीय दलको बैठकमा ओलीले परिवर्तन ल्याउने गरी काम गर्न निर्देशन दिएका हुन् । उनले भने, “म मन्त्रीज्यूहरूलाई जनताले देख्ने गरी, अनुभव गर्ने गरी सकारात्मक काम गर्न आग्रह गर्दछु । अहिलेका चुनौतीको सामना गर्ने, अहिलेको परिस्थितिमा परिवर्तन ल्याउने गरी काम गर्न आग्रह गर्छु,” ।

उनले जे गरे पनि विरोध गर्नेहरूको कुरामा ध्यान नदिन अनुरोध गरे । “जे गरे पनि विरोध गर्ने । जसो गरे पनि विरोध गर्ने । ती विरोध गरिरहन्छन् । हामी प्रतिपक्षमा हुँदा विरोध गर्न खोजे,” उनले भने । ओलीले झुटा आरोप र लाञ्छनाको क्रियाकलापमा सहभागी नहुने बताए । उनले भ्रष्ट क्रियाकलप नगर्न मन्त्रीहरूलाई निर्देशन दिए ।  “हाम्रा मन्त्रीहरूले पनि भ्रष्ट क्रियाकलाप कुनै हालतमा गर्नुहुँदैन । कसैले गर्छ भने सहँदैनौँ,” ओलीले भने । उनले देश भ्रष्टाचारमुक्त र सुशासनयुक्त बनाउनुपर्ने बताए । उनले समयको महत्त्व बुझेर काम गर्न निर्देशन पनि दिए ।

तपाईको बिचार